स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२ जेठ, चौतारा ।
कोरोना संक्रमणको समयमा पनि समाचार संकलन गर फिल्डमा खटिनुपर्दा जोखिम पनि हुने हुने भएकोले सञ्चारकर्मीहरूको सहजताका लागि सिन्धुपाल्चोकका दुई युवाले आफ्नो गाडी उपलब्ध गराएका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमणमा सञ्चारकर्मी तथा विरामीहरुलाई सेवा दिनका लागि सिन्धुपाल्चोकका ति युवा नेताहरुले आफ्नो निजी सवारी साधन सहयोग गरिएको हो ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला सदस्य एवम् युवा विभाग प्रमुख उजारसिं तामाङ ‘समर’ र अर्का जिल्ला नेता कमल प्रसाद श्रेष्ठले आ-आफ्नो गाडी निशुल्क प्रदान गरेका हुन् । तामाङले प्रदान गरेको गाडि चौतारा साँगाचोकगढी नगरपालिकाभर प्रयोग गरिने गरी कोरोना परीक्षण र स्वाव संकलन गर्न जाने स्वास्थ्यकर्मी र समाचार संकलनको लागि सञ्चारकर्मीहरुको लागि निःशुल्करुपमा आफ्नो गाडी प्रयोग हुनेछ । ‘पालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमितहरुलाई सहज सेवा प्राप्त होस् भनेर त्यसको लागि खटिने स्वास्थ्यमर्की र कोरोनाको महामारीमा समेत सूचना प्रदान गर्दै आईरहेका सञ्चारकर्मीहरुको लागि निःशुल्क गाडीलाई प्रयोगमा ल्याएको हुँ’, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सदस्य समेत रहेका तामाङले खुल्लापानासँग भने– ‘चालकको रुपमा म स्वयं खटेर सेवा दिँदै आएको छु ।’ सवारीसाधन सञ्चालन गर्दा आवश्यक पर्ने ईन्धन तथा मर्मत खर्च समेत तामाङले नै व्यहोर्ने उनले बताए ।
त्यस्तै नेता श्रेष्ठले दिएको गाडी भने नेपाल पत्रकार महासंघ, सिन्धुपाल्चोकले सञ्चालन गर्नेछ । कोरोना अवधिभर सो गाडि सञ्चारकर्मीहरुले प्रयोग गर्नेछन् । कुनै सञ्चारकर्मी कोरोना संक्रमित भएमा सो गाडी उनिहरुलाई उपचार गर्न लैजान प्रयोग हुनेछ । श्रेष्ठले सो गाडी आज महासंघका उपाध्यक्ष दिनेश थापालाई हस्तान्तरण गरेका हुन् । ‘यो गाडी प्राप्त भएपछि हामी सञ्चारकर्मीलाई धेरै सजिलो हुनेछ ।’ महासंघका अध्यक्ष जीवन श्रेष्ठले खुल्लापानालाई भने -‘ आवश्यकता अनुसार सो गाडी महासंघले समन्वय गरि सञ्चारकर्मीकै हितमा प्रयोग हुनेछ ।’
अहिले चौतारा साँगाचोकगढी नगरपालिकाले गाउँ गाउँमा गई नगरवासीको स्वाब संकलन गरिरहेको छ । नगरले सो अभियान सुरु गरेदेखिनै तामाङले आफ्नो गाडीलाई निःशुल्क प्रयोगमा ल्याएका हुन् । समुदायस्तरमा कोरोनाको जोखिम बढेको कारण कोरोना महामारी रहेसम्म आफूले निःशुल्क रुपमा गाडीमार्फत सेवा दिने उनले बताए । जनप्रतिनिधिहरुले सरकारी गाडीलाई कोरोना संक्रमितको लागि प्रयोगमा दिने घोषणा गरिरहँदा तामाङले भने आफ्नो व्यक्तिगत प्रयोगका लागि लिएको गाडीलाई निःशुल्क प्रयोगमा ल्याएका हुन् । उनको यो कार्यलाई स्थानीय नागरिकहरुले प्रशंसा गरेका छन् ।
श्रेष्ठ केही समय अघि सञ्चार क्षेत्रमै रहेका व्यक्ति हुन् । सो समयमा सिन्धुज्वाला साप्ताहिकमा व्यवस्थापक रहेका श्रेष्ठ हाल जलविद्युत व्यवसायी हुन् । जिल्लामा संकटमा रहेका सञ्चारकर्मी तथा अन्य व्यक्तिले समेत प्रयोग गर्न सक्नेगरि सो गाडी महासंघलाई उपलब्ध गराएको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।