स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१६ भदौ ,हेटौंडा।
संघीय राजधानी काठमाडौं उपत्यकाको फोहोर तुरुन्तै व्यवस्थापन गर्न बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले निर्देशन दिएकि छिन् । आज प्रदेश राजधानी हेटौंडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री शाक्यले मातहतका निकायलाई निर्देशन दिएकी हुन् ।
मुख्यमन्त्री शाक्यको निमन्त्रणामा प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयका अधिकारीको उपस्थितिमा आज बिहीबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडामा काठमाडौंको फोहोर व्यवस्थापन सम्बन्धि छलफल गरीएको हो । बैठकले काठमाडौं उपत्यकाको फोहोर तीनदिनभित्र उठाउने गरी काम गर्ने निर्णय भएको छ ।
छलफलमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गरिँदै आएको ल्याण्डफिल्ड साइटको समस्या समाधान गर्ने मध्यकालिन र दीर्घकालिन योजना बनाउन बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय भएको छ भने ल्याण्डफिल्ड साइटसम्म जाने बाटो मर्मत तथा जग्गा व्यवस्थापन गर्न संघीय सरकारलाई आग्रह गर्ने निर्णय भएको छ । यस्तै बागमती प्रदेशको राजधानी हेटौंडाको पनि फोहर व्यवस्थापनको अवस्थाका बारेमा छलफल भएको थियो ।
फोहोर व्यवस्थापनको विषयमा छलफलका लागि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवम् बागमती प्रदेश सभा सदस्य केशव स्थापित, नुवाकोट जिल्लाबाट निर्वाचित हुनुभएका बागमती प्रदेश सभा सदस्य बद्रि मैनाली, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मीनाकुमारी लामा, बागमती प्रदेशका प्रमुख सचिव, मन्त्रालयका सचिवहरुको पनि उपस्थिति रहेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।