स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१९ भदौ, मेलम्ची ।
मेलम्ची नदीमा आएको गेगरान सहितको बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा चेकड्याम बनाउनुपर्ने गृहमन्त्री बालकृष्ण खाँडले बताएका छन् । शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची पुगेका गृहमन्त्री खाँडले चेकड्याम बनाएर क्षति कम गर्न सकिने बताएका हुन् ।
गृहमन्त्री खाँडले चिनको सेजुवान प्रान्तको उदाहरण दिदै मेलम्चीको भन्दा ठुलो बाढिमा समेत चेकड्यामको कारण क्षति कम गराउन सकिएको बताए । मेलम्ची क्षेत्रमा समेत चिन र भारतबाट समेत विज्ञहरु बोलाएर यो क्षेत्रको अध्ययन गराउने र चेकड्याम निर्माण गरि गेगरान सहितको बाढीको बहाव कम गराइ क्षतिको मात्रा घटाउन सकिने बताएका हुन् ।
‘मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स तथा मानव बस्तिहरु बचाउनका लागि कहाँ कहाँ कतिवटा ड्याम बनाउनु पर्ला भनेर विस्तृत अध्ययन गरिनेछ ।’ गृहमन्त्री खाँडले भने -‘ त्यसको लागि हामी चिन र भारतको एक्पोर्टिजहरुको अनुभव समेतको प्रयोग गर्नेछौं ।’
मेलम्ची नदिमा गत असार १ गते आएको बाढिको कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसपछि पुनः साउन १६ गते आएको बाढिले हेलम्बु र मेलम्ची क्षेत्रमा ठुलो मात्रामा भौतिक सम्पत्ति क्षति भएको छ । ६ वटा मोटरेवल पक्की पुल क्षति भएको छ भने सडक पनि ठाँउठाँउमा क्षति भएको छ । जसले गर्दा सो क्षेत्रमा अहिलेसम्म सहज यातायात सञ्चालन हुन सकेको छैन ।
गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नम्बर–२ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो। सो अवसरमा गृहमन्त्री खाँणले भत्केका सडक, पुल, घर, कार्यालयलगायतका संरचना निर्माण तथा बाढीपहिरो प्रभावितको उचित व्यवस्थापन गर्न निर्देशन दिएका थिए। साथै टोलीले सो क्षेत्रमा बाढीपहिराबाट भएको क्षति तथा पहिरो प्रभावितको अवस्थाबाको बारेमा जानकारी लिएको थियो।
गृह मन्त्रीसहितको सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए।
सो टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत र हवाई अवलोकन गरेको जनाइएको छ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।