स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२१ मंसिर , सप्तरी ।
कार्यपालिका बैठकमा भनाभन हुँदै हात हालाहालसम्मको स्थिति आएपछि गाँउपालिका उपाध्यक्षले अध्यक्षको दाँत भाचिदिएकि छिन् ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल र उपाध्यक्ष उषाकुमारी मण्डलबीच आज मङ्गलवार कुटाकुट हुदाँ अध्यक्ष मण्डलको दुई वटा दाँत भाँचिएको हो । उपाध्यक्ष उषाकुमारीको पनि हातमा चोट लागेको छ ।
आज दिउँसो ३ बजेतिर कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेका बेला विवाद भएको थियो । त्यही क्रममा अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र प्रसाद यादवले जानकारी दिए । ‘म पनि बैठकमा सहभागी थिएँ, समान्य छलफल नै भइरहेको थियो । त्यही क्रममा एक्कासी अध्यक्ष र उपाध्यक्षबीच मुक्कामुक्की नै हुन थाल्यो’, उनले भने, ‘पछि थाहा पाउँदा अध्यक्षज्यूको दुई वटा दाँत नै भाँचिएछ ।’
गहुँको बिउ वितरण गर्ने विषयमा छलफल भइरहेकै बेला नजिक आएर अपशब्द गरेपछि आफूले कुर्सी उठाएको उपाध्यक्ष मण्डलले बताइन् । ‘अध्यक्षज्यूले अपशब्द प्रयोग गर्न थालेपछि मैले प्रतिवाद गरे र त्यही क्रममा मैले कुर्सी पनि उठाएँ ।’ उनले भनिन् – ‘तर मलाई थाहा थएन उहाँको दाँत भाँचियो भनेर ।’
आफू अध्यक्षभन्दा धेरै टाढा बसेको आफू नजिक आएर गालीगलौज गर्दै हातपात गर्न थालेपछि आफूले प्रतिकार गरेको उपाध्यक्ष मण्डलको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले अध्यक्ष र उपाध्यक्षबीच घम्साघम्सी भएको खबर आएको तर प्रहरीमा उजुरी भने नआएको बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।