स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ माघ, चौतारा ।
जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले पाँच रुपैयाँमा मास्क बेच्न व्यापारीहरूलाई निर्देशन दिएका छन् । कार्यालयले एक आदेश जारी गर्दै माघ १५ गते राती १२ बजेदेखि माघ २९ राती १२ बजेसम्मका लागि विभिन्न निर्देशन दिएको हो ।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन सहितको संक्रमण नेपालमा समेत बढ्दै गई सिन्धुपाल्चोक जिल्लामा समेत संक्रमण दर तीब्र रुपमा बढिरहेको हुँदा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारका लागि नेपाल सरकार मन्त्रिपरिषद्का निर्णयहरू, कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन कार्यविधि, २०७८, संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी यस जिल्लामा मिति २०७८\१०\१५ गते राती १२ बजे देखि मिति २०७८\१०\२९ गते राती १२ बजेसम्मका लागि लागू हुने गरी देहायको आदेश जारी गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।
आदेशानुसार २५ जनाभन्दा धेरै भेला हुने सभा, सम्मेलन तथा अन्य औपचारिक कार्यक्रम गर्न पाइने छैन । विवाह, व्रतबन्ध लगायतका धार्मिक कार्य भने स्वास्थ्य मापदण्ड सहित ५० जना भन्दा धेरै भेला नहुने गरी प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर मात्रै गर्न पाइनेछ ।
होटलमा आउने ग्राहक, सार्वजनिक सवारीमा यात्रा गर्ने यात्रु तथा सामग्री खरिद गर्न आउने सेवाग्राहीले माक्स नलगाई आएमा उनीहरूलाई सम्बन्धित सेवा प्रदायकले नै बढीमा ५ रुपैयाँमा मास्क उपलब्ध गराउन प्रजिअ वेदनिधि खनालले निर्देशन दिएका छन् ।
[dflip id="4117" ][/dflip]
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।