स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
५ फागुन , चौतारा।
प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
आज भएको अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुङ्गाना र कोषाध्यक्षमा गोमा खत्री रहेका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरूमा सुशिल सुवेदी,विशाल आचार्य,सुनिता लामा र मिङ्मार ग्याल्बो सर्वसम्मतरुपमा चयन भए ।प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत भएका छन् भने एक पत्रकारलाई सम्मान गरिएको छ । चौतारीले स्थापना गरेको सिन्धु चौतारी राष्ट्रिय क्रियाशीलता पत्रकारिता पुरस्कारबाट नेपाल प्रेस डटकमका सम्पादक मातृका पौडेललाई पुरस्कृत गरिएको हो । १० हजार १ सय ११ रुपैयाँ राशीबाट उनी पुरस्कृत भए ।
त्यस्तै सिन्धु चौतारी युवा क्रियाशीलता पत्रकारिता पुरस्कारबाट रेडियो मेलम्चीका स्टेशन म्यानेजर देवराज सुवेदीलाई पुरस्कृत गरिएको छ । उक्त पुरस्कारको राशी ५ हजार रहेको छ ।
चोकटीका समाजसेवी बद्री अधिकारीका चार दाजुभाईले आफ्ना बुबा कुलबहादुर अधिकारी र आमा प्रेमकुमारी अधिकारीको नामबाट स्थापना गरिएको प्रेस चौतारी कुलबहादुर प्रेमकुमारी क्रियाशील पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका पूर्व अध्यक्ष एवं नागरिक दैनिकका ध्रुव दंगाल, क्रान्तिकारी पत्रकार संघका पूर्व अध्यक्ष एवं नयाँ पत्रिका दैनिकका रामकृष्ण थापा, नेपाल टेलिभिजनका नेत्रप्रसाद पौडेल, शर्मिला ठकुरी,निरोज चौलागाई र सुन्दर शिरीषलाई नगद ५ हजार सहित पुरस्कृत गरिएको प्रेस चौतारी सिन्धुपाल्चोकका संयोजक विदुर आचार्यले जानकारी दिए। त्यस्तै प्रेस चौतारी सम्मानबाट पत्रकार प्रमोद न्यौपानेलाई सम्मान गरिएको हो ।
पुरस्कृत एवं सम्मानितहरूलाई नेकपा एमालेका पोलिटब्युरो सदस्य अरुण नेपालले सम्मान र पुरस्कार वितरण गरे। अधिवेशनले आगामी दुइ वर्षका लागि नयाँ नेतृत्व समेत छनोट गर्ने छ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।