Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन ६, शनिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

छोटो मार्गले जोडिदै काठमाण्डौ–चौतारा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पाना २०७८ चैत्र २८, सोमबार (१ साल अघि)
छोटो मार्गले जोडिदै काठमाण्डौ–चौतारा

२८ चैत, चौतारा ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट काठमाण्डौ जोड्नेमध्येको छोटो दुरीको सडक स्तरोन्नति हुन थालेपछि स्थानीय हर्षित भएका छन् । आँगनकै सडक कालोपत्रे भई छोटो दूरीमै देशको राजधानी पुग्न सकिने र स्थानीय उत्पादनले पनि सजिलै वजार पाउने भएपछि उनीहरु खुसी भएका हुन् ।

करिब ५८ किलोमिटर दूरीमा काठमाण्डौको चाबहिल पुग्न सकिने गरी बागमती प्रदेश सरकारको लगानीमा सडक चौडा गरी पक्की नाली र कालोपत्रेको काम भइरहेको छ । सडक स्तरोन्नतिको पहिलो चरण अन्तर्गत चौतारा–झ्याडी खण्डमा सडक बनाउने काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गतको झ्याडी–देउराली खण्डको पनि काम सुरुवात गरी खन्ने काम सकिएर नाला बनाउन थालिएको पूर्वाधार विकास कार्यालय, चौताराका कार्यालय प्रमुख एवम् सिनियर इन्जिनियर राजु श्रेष्ठले बताए । चौतारा झ्याडी खण्डमा अब करिब १० दिनभित्र कालोपत्रे बिच्छ्याउने काम शुरु हुने उनले बताए ।

सडक स्तरोन्नति भएपछि यहाँको बिरामीलाई उपचारको लागि काठमाण्डौ लैजान, स्थानीयस्तरमा उत्पादन भएका कृषि सामग्री बजार पु¥याउन र बजारबाट अत्यावश्यक सामाग्री गाउँ ल्याउन समेत सहज हुनेछ । यसबाट आफ्नो उत्पादनले समयमै बजार पाउँदा उचित मूल्य समेत प्राप्त हुने र बजारका सामान समेत कम मूल्यमा आफ्नो ठाउँमा आइपुग्ने स्थानीयको अपेक्षा छ । इन्द्रावती गाँउपालिका–७, सिपापोखरेकी विष्णुमायाँ विश्वकर्मा बर्खामा मानिस हिड्‌न समेत सकस हुने सडक कालोपत्रे भएपछि बिरामीले यातायात असहजताकै कारण ज्यान गुमाउनु नपर्ने बताइन् ।

यो सडकलाई बागमती प्रदेश सरकारले प्रदेशस्तरिय सडकको रुपमा राखेको छ । प्रदेशका सिन्धुपाल्चोक सहित काभ्रे र काठमाण्डौलाई जोड्ने छोटो सडक भएकोले यसले कम लगानीमा स्थानीयको लागि ठुलो उपलब्धि हुनेछ । बिना मुआब्जा स्थानीयले स्वेच्छिक जग्गा दान गरी सडक चौडा गरिएको छ । यसअघि हिँउदमा मात्रै सवारीसाधन चल्ने सडकमा अब भने बाह्रैमास गाडी चल्दा स्थानीयको आयआर्जनमा समेत वृद्धि हुने अपेक्षा गरीएको छ ।

पहिले खण्डमा २५ करोड ६६ लाखमा १० किलोमिटर सोवर्ण निर्माण सेवाले र दोस्रो खण्डमा २९ करोड ४९ लाखमा १४ किलोमिटर प्यासीफीक इन्जिनियरिङ प्रा.लि.ले सडक निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको छ । काभ्रेतर्फ पनि निर्माण कार्य धमाधम भइरहेको छ । सडक केन्द्रबाट दाँयाबाँया ४/४ मिटर बाटो वढाइएकोले सडक चौडा भएको छ । कुल ८ मिटरमध्ये ६ मिटर सडक कालोपत्रे हुनेछ भने बाँकी भाग नाली र पैदलयात्रुको लागि छुट्याएको छ । शुरुमा केही ढिला गरी काम भएको भए पनि अहिले भने कामले तिव्रता पाँउदा स्थानीयमा आशा पलाएको छ ।

यो सडक निर्माणसँगै चौाराबाट धुलीखेल हुँदै ८७ किलोमिटर लामो बाटो भएर काडमाण्डौ जानुपर्ने बाध्यता समेत हट्नेछ । जिल्लामा ग्रामीण सडकहरु धमाधम स्तरोन्नति भइरहँदा स्थानीयलाई आवतजावतमा निकै सहज हुनेछ । तर सो सडक निर्माण भइरहँदा स्थानीय उत्पादनमा जोड दिदै बजारीकारणबाट आयआर्जनमा टेवा पु¥याउने विषयमा पनि स्थानीय र सरकारले सोच्न जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

  • निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

  • हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

    हेलम्बुको ग्याल्थुममा सडक खुलाउने प्रयास शुरु(७ फोटो)

  • सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    सानोसिरुवारी र स्याउले-काठमाडौं अब विद्युतीय गाडि चल्ने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    निर्माण व्यावसायी संघ सिन्धुपाल्चोकले पायो थापाको नेतृत्व

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    समाचार
    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    0