स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा रहेको लुभुमा यात्रुवाहक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी गीता गुरुङले जानकारी दिइन्। रामेछापबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस मंगलबार बिहान साढे १० बजे दुर्घटना भएको हो। बस सडकबाट करीब ३५ मिटर तल खसेको छ।
दुर्घटनामा अन्य २३ यात्रु घाइते भएका छन्। गम्भीर घाइते तीन जनालाई हेलिकोप्टरबाट काठमाडौं र अन्य घाइतेलाई उपचारका लागि काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल पठाइएको सूचना अधिकारी गुरुङले जानकारी दिइन्। दुर्घटनाको कारण भने खुलेको छैन। उद्धारका लागि प्रहरी टोली परिचालन गरिएको छ।
https://www.himalkhabar.com/news/130969
सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
सम्पादक : | विजय नेपाल | कार्यक्रारी सम्पादक : |
ब्यबस्थापक : | .... |
कानूनी सल्लाहकार : | ..... |
बजार ब्यबस्थापक : | ..... |