स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं पुर्वका सिन्धुपाल्चोक , काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप लगाएतका जिल्लाका दुरदराजसम्म यातायात सेवा प्रदान गरिरहेको अरनिको यातायातको नेतृत्व अब केदार क्षेत्रीले हाँक्ने भएका छन् ।
अरनिको यातायात सेवा समितिको नामबाट सञ्चालन शुरु भई पूर्व यातायात प्रा.लीमा रुपान्तरित संस्थाको ५० औं वार्षिक साधारणसभा तथा अधिवेशन अन्तर्गत हिजो भएको मतदानबाट बाट केदार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । क्षेत्रीले २९७ मत ल्याउँदा उनका प्रतिष्पर्धी उद्वव गौतमले १२६ र नृपध्वज महतले ११८ मत ल्याएका थिए । गौतम र महतको मतको योगफल भन्दा क्षेत्री एक्लैले पाएको मत धेरै छ ।
क्षेत्रीले २०६३ देखी २०६९ साल सम्म दुई कार्याकाल अरनिको यातायात समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । राजनितीमा होमिएपछि यातायात व्यवसायबाट टाढिएका क्षेत्री ११ बर्षपछि पुनः यातायात व्यवसायी क्षेत्रको नेतृत्वमा पुगेका हुन् । क्षेत्री सिन्धुपाल्चोक बलेफी गाउँपालिकाको निवर्तमान अध्यक्ष समेत हून् । नेकपा एमालेबाट राजनिती गरिरहेका क्षेत्री अहिले नेपाली काँग्रेसमा सक्रिय छन् ।
कम्पनिको अन्य पदाधिकारीको भने मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८