स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका सम्बन्धमा मतदातालाई सुसुचित गराउन निर्वाचन कार्यालय मार्फत मतदाना शिक्षा कार्यत्रलम शुरु हुने भएको छ । सिन्धुपाल्चोक जिल्लामा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन कात्तिक १८ गतेबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको हो ।
मतदाता शिक्षा कार्यक्रम जिल्ला समितिको आज बसेको बैठकले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्लाभरी मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाउने निर्णय गरेको हो । जिल्ला निर्वाचन अधिकारी विकास रिजालका अनुसार कार्यक्रम कात्तिक १८ गतेबाट मंसिर १ गतेसम्म जिल्लाका १०३ वटा नै वडामा सन्चालन हुने छ । मतदाता शिक्षा प्रदान गर्न सो सम्बन्धी तालिम प्राप्त स्थानीय महिला स्वयंसेविकालाई परिचालन गरिने छ ।
मतदाता शिक्षा कार्यक्रम सञ्चालनका लागि खटाइएका स्वयंसेविकाले उदेश्य अनुरुप कार्य गरे कि गरेनन् भनेर स्थानीय तहमा तोकिएको अनुगमन अधिकृतले नियमित अनुगमन गर्ने पनि अधिकारी रिजालले जानकारी दिए । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बनाउनका लागि स्थानीय तह, सरकारी कार्यालय, सञ्चारकर्मी, गैसस, नागरिक समाजसँग पनि समन्वय गर्ने बैठकले निर्णय गरेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८