स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका ७, दुवाचौरलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनका आधारभूत सूचकहरु पूरा गरी बुधबार एक कार्यक्रमका बीच उक्त वडालाई बालमैत्री वडाका रूपमा घोषणा गरिएको हो ।
बालबालिका मैत्री वडा हुन् बालबालिकाको क्षेत्रमा बजेट विनियोजन, शतप्रतिशत बालबालिका विद्यालय भर्ना भएको, सबै विद्यालयमा छात्रछात्रामैत्री शौचालय भएको, सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चितता भएको, सबै घरमा शौचालय भएको, सबै बालबालिकाको जन्मदर्ता गरिएको लगायतका सुचक पूरा भएपछि वडालाई बालमैत्री वडा घोषणा गरिएको वडाध्यक्ष पासाङ तामाङले बताए ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिअनुसार स्थानीय तहलाई बालमैत्री गराउनका लागि ५१ वटा सूचक पूरा गर्नुपर्ने उल्लेख छ । यो वडा जिल्लाको दोस्रो तथा मेलम्चीको पहिलो बालमैत्री वडाको रुपमा घोषणा भएको वडाध्यक्ष तामाङले बताए । यसअघि जिल्लाकै पहिलो बालमैत्री वडाको रुपमा चौतारा साँगाचोकगढि नगरपालिका १३ घोषणा भईसकेको छ ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बालमैत्री वडा घोषणा गर्नु निकै सरहानीय कार्य भएको बताए । ‘नगरको पहिलो बालमैत्री वडाको रुपमा घोषणा हुनु गर्वको विषय हो,’ तामाङले भने-‘घोषणा कागजमा मात्र सीमित नभई आम बालबालिकाको पक्षमा हुने मैले विश्वास लिएको छु।’ नगरपालिकाले यसपछि क्रमशः वडा ५, ८ सहित सबै १३ वटै वडा बालमैत्री वडा घोषणा गरिने बताए ।
नगर उपप्रमुख उमा प्रधानले २०७९ मा वडा बालमैत्री घोषणा सुरुवात गर्ने उदेश्य पूरा भएको बताउदै अन्य वडा पनि क्रमशः घोषणा गरिने बताइन् । मेलम्चीको अन्य वडालाई पनि चाडैं बालमैत्री वडा घोषणा गरिने र यसका लागी सबैको सहयोग आवश्यक रहेको उनले बताइन् । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले अभिभावक लगायत सबैको सहयोगले मात्र कार्यक्रम दिगो हुने बताउदै नगरले बालबालिकाको क्षेत्रमा ध्यानदिएर बजेट निर्माण तथा कार्यक्रम ल्याउने बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।