स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनको पिल्लर काटिएको छ । वडाका पुर्व वडाध्यक्ष देवप्रसाद बानियाँको समुहले ग्र्यान्डर मेसिनको प्रयोग गरि निर्माणाधीन भवनको पिल्लरको डण्डी काटेका हुन् ।
घटनामा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । अन्य २ जना फरार छन् । सिसिटिभीको सहयोगमा उनिहरुको पहिचान भएको हो । पक्राउ पर्नेमा पूर्व वडाध्यक्ष देवप्रसाद बानियाँसहित तेज बानियाँ, भिम बहादुर बानियाँ, राजकुमार बानियाँ र सुब्बा बानियाँ रहेका छन् । भूपेन्द्र बानियाँ र ङ बहादुर थापा (भरत) फरार छन् ।
पूर्व वडाध्यक्ष बानियाँको नेतृत्वमा शनिबार दिउँसो करीब ३: २० बनेको समयमा निर्माणाधीन भवनको ३ वटा पिल्लर काटिएको थियो । ईलाका प्रहरी कार्यालय नवलपुरका प्रमुख जय नेपाल थापाले जानकारी दिए ।
वडाध्यक्ष भिमसेन थापाका अनुसार सर्वदलीय वैठकको निर्णय बमोजिम नै भवन निर्माणकार्य सुरुवात गरिएको थियो ।घटना तीनवटै फरक राजनीतिक दलका व्यक्तिहरुको संलग्नता देखिन्छ ।
२०८० साल असोज ६ गते वडाको संयोजनमा सर्वदलीय भेला गरी उपयुक्त स्थान छनौटको लागि ४५ दिनको समय दिईएको भएपनि सो समयमा स्थान नटुंगिएकोले गाँउ कार्यपालिकाको निर्णय अनुसार काम गरेको वडा अध्यक्ष थापाकाे भनाई छ ।
‘राजनीतिक प्रतिशोधका कारण तोडफोड गरिएकाे छ । सर्वदलिय निर्णय बिपरित गएर बन्दै गरेकाे भवनमा ताेडफाेड गरियाे’, वडाध्यक्ष थापाले भने ‘सर्वदलिय निर्णय सबैले पालना गर्नुपर्छ नत्र बिकल्प दिनुपर्छ’ ।
निर्माणाधीन वडा कार्यालय ताेडफाेड गर्नेहरूलाई सार्वजनिक मुद्दा चलाईने वडा अध्यक्ष थापाकाे भनाई छ ।
वडा कार्यालयको नवनिर्मीत भवन १ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।