स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१० चैत, चौतारा ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आज सम्पन्न चौतारा साँगाचोकगढी नगरपालिका २ को अधिवेशनबाट निरज श्रेष्ठको अध्यक्षतामा ४३ सदस्यीय वडा कार्य समिति गठन गरिएको छ ।
राप्रपा केन्द्रिय सदस्य दइन्द्र बहादुर ठकुरीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले वडा कार्य समितिसँगै युवक संगठन र महिला संगठन समेत पुनर्गठन गरेको छ । अधिवेशनले सरस्वती तिमल्सीना (थापा)को अध्यक्षतामा २९ सदस्यीय राष्ट्रिय प्रजातान्त्रीक महिला संगठन र दिपेन्द्र थापाको अध्यक्षतामा ३१ सदस्यीय राष्ट्रिय प्रजातान्त्रीक युवक संगठन गठन गरेको छ ।
तीन सय जनाभन्दा धेरै साधारण सदस्यको् उपस्थिती रहेको सो कार्यक्रममा प्रमुख अतिथि ठकुरीले राप्रपा अबको वैकल्पीक राजनैतीक शक्ति भएकोले देशैभरी वडा अधिबेशन भइरहेको बताए । पार्टी महाधिवेशनको तयारीमा लागेकोले राप्रपा अब सर्वशक्तिमान पार्टी भएर आउने बताए । कार्यक्रममा राप्रपा केन्द्रिय सदस्य उदय सापकोटा सहित जितबहादुर भारती, यास्मनि ढुङ्गानाको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै चौतारा साँगाचोकगढी नगरपालिका २ का वडाध्यक्ष दिपेन्द्र थापाले वडाको विकास निर्माणको काममा आफु सँधै जनताको साथमा रहेको बताए । अधिवेशनको अध्यक्षमा टोप बहादुर थापा र सञ्चालन राप्रपा सिन्धुपाल्चोकका सह—सचिव दिपक थापाले गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।