स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१३ मंसिर, काठमाण्डौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको यहि मंसिर १५ गतेबाट हुन लागेका एकताको महाधिवेशनमा कमल थापा र राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन् । हालका अध्यक्ष पशुपति शमशेर राणाले भने उम्मेद्वारी नदिने संभावना देखिएको छ ।
नेता लिङ्देनले मंसिर ९ गते पत्रकार सम्मेलन गरी आफु अध्यक्षमा उठ्ने घोषणा गरेका थिए । उनको प्यानलबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशम्शेर राणा महासचिवमा उठ्ने भएका छन् ।
तीन जना अध्यक्षले नेतृत्व गरीरहेका राप्रपामा अध्यक्ष कमल थापाले आज पत्रकार सम्मेलन गरी अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । यससँगै थापा र लिङ्देन राप्रपाको अध्यक्ष पदमा उम्मेद्वार हुने पक्कापक्की भएको छ ।
अर्का अध्यक्ष पशुपतिशम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा प्रतिस्पर्धा नगर्ने भएका छन् । राणाले आधिकारीक रुपमा उठ्ने नउठ्ने विषयमा घोषणा गरिनसकेको भएपनि आफुलाई भेट्न आउने नेता तथा कार्यकर्तालाई आफु चुनावमा नउठ्ने बताउदै आएका उनका स्वकिय सचिवल केशव कटुवालले बताए ।
आजै राप्रपामा उम्मेदवारी घोषणा गरेका कमल थापाले पनि आफूसँग राणाले चुनाव नलड्ने बताएको जानकारी दिए । आफू चुनाव नलड्दा राणाले अध्यक्षमा कसलाई समर्थन गर्नेछन् भन्ने स्पष्ट भएको छैन । राणा सहमतिमा नेतृत्व छनोट हुनेपर्ने पक्षमा रहेका छन् ।
अर्का अध्यक्ष डा.प्रकशचन्द्र लोहनीले पनि अहिलेसम्म आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।