Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

जनताले लत्याएका व्यक्तिलाई पार्टीले पत्याएर सांसदमा सिफारिस

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालसिन्धुपाल्चाेक २०७९ भाद्र २०, सोमबार (५ महिना अघि)
जनताले लत्याएका व्यक्तिलाई पार्टीले पत्याएर सांसदमा सिफारिस

आँउदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि अहिले दलहरूबीच उम्मेदवार सिफारिस गर्ने रस्साकस्सी चलेको छ । क्रियाशील तीनवटै ठूला दलहरूले गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जनताले लत्याएका उम्मेदवारहरू समेत सिफारिस गरेका छन् ।

जिल्ला समन्वय हारेर समानुपातिक सांसदमा सिफारिस

चौतारा साँगाचोकगढी नगरपालिकाको नगर कार्यपालिका सदस्य निर्वाचित माओवादी नेता गणेश विक जिल्ला समन्वय समिति, सिन्धुपाल्चोकको प्रमुख पदमा उम्मेद्वार भएका थिए । नेपाली काँग्रेस र नेकपा एसको गठबन्धनका प्रमुख पदका उम्मेदवार बालकृष्ण श्रेष्ठका विरुद्ध एमाले माओवादी गठबन्धनबाट प्रमुख पदमा उम्मेदवार बनेका विक सो पदमा पराजित बनेपछि उनलाई पार्टीले अहिले दलित कोटाबाट प्रतिनिधि सभा १ मा समानुपातिक उम्मेदवार बनाएको छ । उनी वडा सदस्यको उम्मेदवार नै नबनी पार्टी सिफारिसमै नगर कार्यपालिका सदस्य बनेका हुन् ।

इन्द्रावतीमा अध्यक्ष हार्नेहरू दुवै जना सिफारिसमा

स्थानीय तह निर्वाचन २०७९ मा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका झम्कनाथ नेपालले ७ हजार १२४ मत ल्याएर विजयी भएका थिए । उनीसँगै पराजित हुने नेपाली काँग्रेस, सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाले ६ हजार १५२ मत पाँउदा अहिले सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को पार्टीबाट समानुपातिक पदको उम्मेदवारको रुपमा सिफारिस भएका छन् । सो पालिकामा नेकपा (माओवादी केन्द्र) बाट अध्यक्ष पदमै उम्मेदवार बनेका ठूलोबाबु श्रेष्ठ समेत सिन्धुपाल्चोक प्रतिनिधिसभा २ को समानुपातिक पदको उम्मेदवारको रुपमा सिफारिस भएका छन् ।

पालीका हार्नेहरू प्रदेश समानुपातिकमा सिफारिस

भोटेकोशी गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाटै अध्यक्ष पदमा उम्मेदवार बनेका राजकुमार पौडेल समेत प्रतिनिधिसभा १ को प्रदेश क मा समानुपातिक तर्फ उम्मेदवार सिफारिसमा परेका छन् । एक कार्यकाल भोटेकोशी गाउँपालिकाको अध्यक्ष बनिसकेका पौडेललाई दोस्रो कार्यकालका लागि भने जनताले पत्याएनन् । जनताले लत्याए पनि पैसा र पहुँचको आधारमा उनलाई पार्टीले पत्याएको छ । पौडेलले १ हजार ९१८ मत ल्याँउदा नेपाली कांग्रेसका पासाङ नोर्बु शेर्पाले २ हजार ६०५ मत ल्याएर विजयी भएका थिए ।

बाह्रबिसे नगरपालिकामा माओवादी केन्द्रबाट उपप्रमुख पदमा उम्मेदवार रहेकी पातली थामी (पार्वती) पनि प्रतिनिधि सभा १ को समानुपातिक उम्मेदवार सिफारिस भएकी छिन् । अल्पसंख्यक कोटाबाट सिफारिसमा परेकी थामीले १ हजार २५९ मत ल्याएर तेस्रो हुँदा नेपाली काङ्ग्रेसकी मन्जु तामाङले ६ हजार ९७७ मत ल्याएर विजयी भएकी थिइन् ।

नेकपा एमाले प्रतिनिधिसभा २ क्षेत्रीय समितिले भने पार्टीको नीति विपरित निमफुञ्जो शेर्पालाई प्रतिनिधिसभा १ को प्रदेश क मा सिफारिस गरेको छ । २०७९ को स्थानिय निर्वाचनमा उम्मेदवार भएकालाई मंसिरमा हुने निर्वाचनमा उम्मेदवार नबनाउने पार्टीको नीति भएपनि शेर्पालाई खुसी बनाउनै सिफारिस गरेको छ । शेर्पा बाह्रबिसे नगरपालिकाका निवर्तमान प्रमुख हुन् । सो पदमा पुनः फर्कीने उनको चाहना नेपाली कांग्रेसका बालकृष्ण बस्नेतले चकनाचुर पारिदिएका थिए । बस्नेतले ७ हजार ७२८ मत ल्याएर शेर्पालाई ५ हजार ४३३ मतमा खुम्चाएर पराजित गरेका थिए ।

वडामा हार्नेहरू पनि सांसद सिफारिस

सुनकोशी गाउँपालिका वडा नं. ६ को नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा नेकपा एमालेका चक्रबहादुर बस्नेतसँग पराजित काँग्रेस नेता रामकुमार थापा प्रतिनिधि सभा १ को प्रदेश ख मा समानुपातिक उम्मेदवार सिफारिस भएका छन् । बस्नेतले ७१२ मत ल्याँउदा थापाको ६६० मत मात्रै आएको थियो । मेलम्ची नगरपालिका १ मा वडाध्यक्ष पदमा उम्मेद्वार भइ चौथो लोकप्रिय मत ल्याएका चित्रकुमार चौलागाईं (सिके) समेत प्रतिनिधिसभा २ को प्रदेश ख मा समानुपातिक उम्मेद्वार सिफारिस भएका छन् । चौलागाईंको २९६ मत ल्याँउदा एमालेका कृष्णमुरारी चौलागाईंले ८३४ मत ल्याएर विजयी भएका थिए ।

काँग्रेसबाटै प्रतिनिधि सभा २ को प्रदेश ख मा समानुपातिक उम्मेदवार सिफारिस भएका छिरीङ लामा समेत जनताबाट पराजित नेता हुन् । हेलम्बु गाँउपालिका ३ को निवर्तमान वडाध्यक्ष लामा अध्यक्ष पद दोहो¥याउन खोज्दा पछारीएका थिए । लामाले ६६० मत ल्याँउदा एमालेका दिपक खड्काले ७१२ मत ल्याएर पाँच बर्षको लागि वडाध्यक्ष पद सुरक्षीत गरेका थिए ।

चौतारा साँगाचोकगढी नगरपालिकाल वडा नं. ५ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका थिए श्यामकृष्ण श्रेष्ठ । वडा सदस्यहरु चार जनै माओवादीकै उम्मेदवार विजयी हूँदा श्रेष्ठले भने आफ्नो पगरी जोगाउन सकेनन् । ९८५ मत ल्याएका उनी १ हजार १८४ मत ल्याउने नेकपा एमालेका शिव श्रेष्ठसँग पराजित बने । उनै श्यामकृष्ण श्रेष्ठ माओवादी केन्द्रबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा २ को प्रदेश क मा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    • ताजा अपडेट
    • २४ घण्टामा

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    भदौरे गणेशको नेतृत्वमा विनोदकुमार

    समाचार
    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    विभिन्न विद्यालयमा ५० थान कम्प्युटर वितरण

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0