Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०८० आश्विन १७, बुधबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

सिन्धुपाल्चाेक १: मोहन‘बहादुर’ बस्नेत कि अग्नी‘प्रसाद’ सापकोटा ?

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
मोहन ‘बहादुर’ बस्नेतको अडान, आशिवार्दका आशमा अग्नी ‘प्रसाद’ ?
विजय नेपालसिन्धुपाल्चाेक २०७९ भाद्र २१, मंगलबार (१ साल अघि)
सिन्धुपाल्चाेक १: मोहन‘बहादुर’ बस्नेत कि अग्नी‘प्रसाद’ सापकोटा ?

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन २०७९ को मिती नजिकिदैं जाँदा दलहरु उम्मेदवार सिफारिस गर्ने रस्साकस्सीमा छन् । मंसिर ४ गते हुने निर्वाचनका लागि यहि भदौ महिनाभित्र उम्मेदवार टुङगो लगाउने गरी दलहरु कसरतमा छन् । तर सिन्धुपाल्चोकमा भने उम्मेदवार टुङ्गीदा पनि टिकट पाउने नपाउने अन्यौल बाँकी नै छ ।

सिन्धुपाल्चोकको प्रतिनिधिसभा क्षेत्र नं. १ ‘हेभिवेट’ नेताहरुको क्षेत्र हो । यो क्षेत्रमा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं सभामुख अग्नीप्रसाद सापकोटा र नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्री मोहनबहादर बस्नेतविच टकराब हुने क्षेत्र हो । सत्ता साझेदार पाचँ दलहरुविच चुनावी गठबन्धन हुने पक्कापक्की भएसँगै बस्नेत र सापकोटा मध्ये कसले टिकट पाँउछन् भन्नेमा अन्यौलता रहेको छ ।

कसरी हुन्छ गढबन्धनमा सहमती ?

पाचँदलिय गठबन्धनको शीर्ष नेताहरूले सिट बाँड्ने आधार समेत निश्चित नगरी कार्यदललाई जिम्मा दिएका थिए । शीर्ष तहमा हुन नसकेको सहमति कार्यदलमा गर्न सम्भव देखिएको छैन । कार्यदलमा सघंमा कांग्रेसले ९०, माओवादीले ५०, दुवै समाजवादीले ३०–३० अनि जनमोर्चाले २ सिट माग गरिरहेको छ । कांग्रेस ८५ सिटसम्ममा सहमति गर्न सकारात्मक देखिए पनि अन्य दल टसकामस भएका छैनन् । प्रारम्भमा शीर्ष नेताहरूले २०७४ को निर्वाचनको परिणाम, स्थानीय तहको निर्वाचनको परिणाम अनि दलका सम्मानित नेताहरूको निर्वाचन क्षेत्रका आधारमा सिट बाँडफाँड गर्ने दाबी गरेका गरेका भएपनि त्यसैलाई आधार मान्न पनि सकिएको छैन । चार दल २०७४ को निर्वाचनको परिणामलाई मात्रै आधार मान्ने पक्षमा देखिए पनि कांग्रेस भने स्थानीय तहको निर्वाचनको परिणाम हेरेर बाँडफाँड गर्ने तर्क राख्दै आएको छ ।

जसले जहाँ जितेको उसलाई त्यही नीति लिँदा पहिलो कांग्रेसका नेता रामचन्द्र पौडेल नै उम्मेदवार बन्न पाउँदैनन् । उनको क्षेत्रमा एकीकृत समाजवादीका किसन श्रेष्ठले जितेका थिए । अनि कांग्रेस महामन्त्री विश्वप्रकाशले झापामा टिकट पाउन सक्दैनन् । त्यहाँ माओवादीका राम कार्कीले जितेका छन् । सिन्धुपाल्चोक १ मा मोहन बहादुर बस्नेतले पनि टिकट पाउँदैनन् । त्यहाँ माओवादीका अग्नि सापकोटाले जितेका छन् ।

मोहन ‘बहादुर’ बस्नेतको अडान

गठबन्धनले २०७४ को चुनावको आधार मानेर सापकोटालाई टिकट दिएमा बस्नेतले त्यसलाई नटेर्ने कुरा काँग्रेसको केन्द्रिय समिति बैठकमै बताइसकेका छन् । बस्नेतले गठबन्धनमा सहमती हुनु अगाडि नै आफ्नो क्षेत्र अन्य दललाई दिए स्वतन्त्र भए पनि उम्मेदवार बन्ने चेतावनी दिइसकेका छन् । बस्नेतले कांग्रेस केन्द्रीय समिति बैठकमै भनेका थिए, ‘म गठबन्धनको विरोधमा छैन, तर मेरो क्षेत्रमा मैले टिकट नपाए विद्रोह हुन्छ ।’

नेपाली काँग्रेस सिन्धुपाल्चोकका नेता कार्यकर्ता समेत कुनै पनि हालतमा सिन्धुपाल्चोक १ काँग्रेसले नै पाउनुपर्ने अडानमा छन् । सो क्षेत्रको स्थानिय तह निर्वाचन २०७९ को नतिजा हेर्ने हो भने माओवादी भन्दा काँग्रेसको मत निकै बढी छ ।

२०७४ को निर्वाचनमा सिन्धुपाल्चोक–१ मा माओवादीबाट सापकोटाले उनै बस्नेतलाई हराएका थिए । वामगठबन्धनबाट चुनावी मैदानमा ओर्लिएका सापकोटाले ४० हजार ५ सय ४ मत ल्याउँदा कांग्रेसका बस्नेत २९ हजार ७ सय ९८ मत प्राप्त गरेका थिए । सो निर्वाचनमा वाम गठबन्धनको मत ४४ हजार ७६ थियो भने लोकतान्त्रिकको मत २५ हजार सात सय ५९ थियो । तर, मत परिणाममा भने सापकोटाले चार हजार मत घटाउँदा मत बस्नेतले बढाएका थिए । यो क्षेत्रमा कसरी मिलाउने भन्नेबारे गठबन्धनमै समस्या छ ।

बस्नेत आफ्नो क्षेत्र छाडेर बाहिर नजाने अडानमा छन् । कांग्रेसका केन्द्रीय सदस्य बस्नेतले टिकट नपाए विद्रोह गर्ने अभिव्यक्ति त्यतिकै दिएका होइनन् । उनीसँग जनमत रहेको तथ्यांकले पनि देखाउँछ । पछिल्लो २०७९ को स्थानीय निर्वाचनको परिणाम हेर्दा माओवादीभन्दा दोब्बर मत कांग्रेसको देखिन्छ ।

सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये क्षेत्र नं १ मा रहेका ७ मध्ये कांग्रेस एक्लैले बाह्रबिसे, भोटेकोशी र त्रिपुरासुन्दरीमा प्रमुख÷उपप्रमुख जितेको छ । सुनकोशी र बलेफीमा उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको छ । जुगलमा भने माओवादीसँगको सहकार्यमा उपाध्यक्ष जितेको छ । पहिले तीन वटा क्षेत्र हुँदा साविक क्षेत्र नं. २ बाट अहिले क्षेत्र नं. १ गाभिएका स्थानमा कमजोर भनिएको कांग्रेसले जितेको छ । कमजोर रहेको भनिएको चौतारा साँगाचोकगढी नगरपालिकामा समेत दुई वडामा कांग्रेसले जित हासिल गरेको छ । सो क्षेत्रका ५३ वटा वडामभ्ये काँग्रेसले ३२ वटा जितेको छ ।

वडाध्यक्षले पाएको मत हेर्दा कांग्रेसको ३४ हजार ७६१, एमालेको २७ हजार ८०३ र माओवादी केन्द्रको १८ हजार ८५२ मत छ । त्यस्तै राप्रपाको २ हजार र नेकपा एकीकृत समाजवादीको १६५० मत छ । कुनै बेला ‘ह्याकुलाले पेल्ने’ अभिव्यक्ति दिएर चर्चामा आएका बस्नेत यस पटक पनि पेलेरै टिकट लिने दाउमा छन् ।

आशिवार्दका आशमा अग्नी ‘प्रसाद’ ?

माओवादीको जनाधार नभएकाले टिकट बस्नेतले नै पाउनुपर्ने कांग्रेसीको अडान छ । उता माओवादी नेताहरू भने अघिल्लो चुनावमा जितेको भएकै कारण टिकट आफूहरूले पाउनुपर्ने बताउँदै आएका छन् । तसर्थ पछि चुनाव जित्नेभन्दा पनि अहिले टिकट ल्याउनेमा बस्नेत र सापकोटाबीच प्रतिष्ठाको लडाईं बनेको छ ।

सापकोटा सशस्त्र द्वन्द्वमा आफ्नो जिवन नै बलिदान दिन तयार भएर हिडेका योद्धा हुन् । सिन्धुपाल्चोककै ठोकर्पामा पार्टीको कार्यक्रम गरिरहँदा तत्ताकालीन शाही सेनाको गरेको हवाइ आक्रमणमा उनी घाइते भएका थिए भने सशस्त्र द्वन्द्व अवधीमा उनका परिवारमा मात्रै ३ जनाले ज्यानको आहुती दिएका छन् भने आफन्तभित्र थप ११ जना शहिद भएका थिए । सशस्त्र द्वन्द्वमा उनको परिवारले गरेको योगदानको पार्टीले उच्च मुल्याङकन समेत गरेको देखिन्छ ।

सापकोटा माओवाली अध्यक्ष प्रचण्डका नजिकका विश्वासपात्र हुन् । सापकोटाको राजनितीक संरक्षणमा प्रचण्डले कुनै कसर बाँकी राखेको देखिदैन । पछिल्लो समय पार्टीभित्रको ठुलो घम्साघम्सीका विच पनि सापकोटालाई प्रचण्डकै चाहनामा सभामुख बनाइनुले पनि सापकोटा प्रचण्ड निकट हुन् भन्ने प्रष्ट देखिन्छ । सभामुख भइसकेपछि सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि निकटस्थ सम्बन्ध बनाएको सापकोटाको सचिवालयको तर्क छ ।

प्रधानमन्त्रीले डाकेको संवैधानिक समितीको बैठकहरुमा सहभागी हुने देखी सरकारले ल्याएका विभिन्न नीति, कार्यक्रम तथा विधयेकहरुमा सहजताका साथ संसदमा टेबुल गरी पास गराउन खेलेको भुमिकाले पनि देउवा सापकोटाप्रति उदार छन् । २०७४ को चुनावमा एमालेसँगको एकताबाट बस्नेतलाई पराजित गरेका सापकोटा यस पटक भने काँग्रेसको काँधमा चढेर संसद भवन छिर्ने दाउमा छन् । प्रचण्ड र देउवाको निकट सम्बन्ध भएकै कारण पनि गठबन्धनबाट सिन्धुपाल्चोक १ मा सापकोटा आफैंले टिकट पाउनेमा ढुक्क देखिन्छन् ।

कस्तो छ सिन्धुपाल्चोक १ को मतपरिणाम ?

सिन्धुपाल्चोक १ मा बस्नेत र सापकोटा मात्रै ‘हेभिवेट’ नेता होइनन् । एमाले केन्द्रिय सदस्यहरु अरुण नेपाल र सरेश नेपालकोसमेत क्षेत्र यही हो । एमालेका यी दुवै नेता अहिले प्रदेश सांसद छन् । एमालेको पनि मत यो क्षेत्रमा राम्रो छ । साविकको क्षेत्र नं. १ मा अहिले साविकको क्षेत्र नं. २ का केही गाउँ थपिएको छ । यो क्षेत्रमा चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा थपिएका छन् । यो सँगै जुगल गाउँपालिका र बलेफी गाउँपालिकाको वडा नं. १, २ र ३ नं. वडा पनि अहिलेको प्रतिनिधि सभा १ मा गाँसिएको छ । साविकको क्षेत्र नं. २ बाट थोरै गाउँ गाभिएकाले साविक क्षेत्र नं. १ कै मतलाई आधार मान्दा र विगत पल्टाउँदा मतदाता अस्थिर भने देखिन्छन् ।

विगतका चुनावी नतिजा हेर्दा यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादीले नतिजा आफ्नो पक्षमा पारेका छन् । २०४८ को निर्वाचनमा एमालेका अमृतकुमार बोहोराले १३ हजार ५ सय मत ल्याएर विजयी बनेका थिए । उनका प्रतिद्वन्द्वी कांग्रेसका मोहनबहादुर बस्नेतले ११ हजार ९ सय मत प्राप्त गरेका थिए । ०५१ को निर्वाचनमा एमालेका बोहोराले १३ हजार ३ सय मत ल्याएर विजयी बने । उनले १३ हजार १ सय मत प्राप्त गरेका राप्रपाका पशुपतिशम्शेर राणालाई पराजित गरेका थिए ।

०५६ को निर्वाचनमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले बाजी मारे । ०५१ मा ७ हजार मत ल्याएको कांग्रेसले ०५६ मा १९ हजार १ सय मत प्राप्त ग¥यो । एमालेका बोहोराले १५ हजार ९ सय र राप्रपाका राणाले १० हजार मत ल्याए । ०५१ को तुलनामा कांग्रेसले १२ हजार र एमालेले तीन हजार मत थप्यो ।

०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन एमाओवादीका राजकुमार श्रेष्ठ २१ हजार ३ सय मतसहित विजयी बने । एमालेले १३ हजार १ सय मत ल्याएर निकटतम प्रतिद्वन्द्वीमै चित्त बुझायो भने कांग्रेसले ७ हजार ५ सय मत ल्यायो ।

अघिल्लोको तुलनामा संविधानसभा निर्वाचनमा कांग्रेसले १२ हजार र एमाले तीन हजार मत घटायो । २०७० मा यो क्षेत्रबाट कांग्रेसले १५ हजार २१ मत ल्याएको थियो । त्यस्तै एमालेले १४ हजार नौ सय ८९, माओवादीले १० हजार तीन सय ३० र राप्रपाले ५ हजार पाँच सय ६७ मत ल्यायो । ६४ को तुलनामा यो क्षेत्रमा कांग्रेसले एक सयभन्दा बढी प्रतिशत मत बढाएको देखिन्छ ।

  • अग्नी सापकाेटा
  • नेकपा माओवादी केन्द्र
  • नेपाली काँग्रेस
  • माेहनबहादुर बस्नेत
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

  • राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

  • काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

  • पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    • ताजा अपडेट
    • २४ घण्टामा

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    हेलम्बुमा जलवायु परिवर्तन अनुकुलन परियोजना शुरु

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    समाचार
    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय शिक्षा पुरस्कारबाट सिन्धुपाल्चोकका गोपाल लामा र हरेराम नेपाल सम्मानित

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीले गर्यो वडा समितिको लागि उम्मेदवारी आह्वान

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    काठमाडौं तिनकुनेमा ४ जनाको हत्या आरोपमा सिन्धुपाल्चोकका भण्डारी पक्राउ

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    पार्टीको सदस्यता लिने तथा निर्वाचनमा भोट माग्ने शिक्षकलाई सेवाबाट हटाइने

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल

    ब्यवस्थापक : पवित्रा डोटेल

    संवाददाताहरु: दिपेन्द्र घले

    : कमल धिताल

    बजार प्रतिनिधि

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0