स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
यहि मंसिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि भोलि असोज २३ गते उम्मेदवारको मनोनयन हुँदैछ । मनोनयन दर्ता कार्यलाइ सहज र सौहार्द बनाउन निर्वाचन आयोगले धेरै भिडभाड गर्न नपाउने आचारसंहिता निर्माण गरेको छ ।
आयोगले मनोनयन दर्ता गर्दा उम्मेदवार, प्रस्तावक र समर्थकसहित १ जना उम्मेदवारको लागि बढीमा २५ जना मात्रै सहभागी हुन पाउने बताएको छ । त्यस्तै एक जना उम्मेदवार बराबर बढीमा १० वटा पार्टीको झण्डा, बढीमा १० वटा चुनाव चिन्ह अंकित झण्डा र नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न चाहेमा बढिमा १० वटा मात्रै प्रयोग गर्न पाउने बताएको छ ।
मनोनयन दर्ता गर्न आँउदा दल तथा उम्मेदवारले बाजा तथा माइकिङ समेत गर्न पाउने छैनन् । ठुला आवाज आउने गरि स्पपिकर समेत प्रयोग गर्न पाइने छैन ।
सिन्धुपाल्चोकमा क्रियाशील राजनितीक दलहरुले समेत उक्त आचारसंहितामा सहमत भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले हिजो चौतारामा गरेको सर्वदलीय वैठकमा दलहरू आचारसंहिताको पालना गर्न सहमत भएका हुन् । प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्दै दलका प्रतिनिधिहरुले आचारसंहिता उल्लघंन नगर्न प्रतिस्पर्धा नगर्ने बताएका हुन् ।
सिन्धुपाल्चोकका मुख्य निर्वाचन अधिकृत विदुर कोइरालाले दलहरूले उम्मेदवारी दर्ता गर्न आँउदा भिडभाड हुनसक्ने भएकोले दलहरुलाइ उनिहरुले प्रस्ताव गरेकै समय निर्धारण गरिएको बताए ।
प्रस्ताव अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्नेछ । १०:३० बजे मंगोन नेशनल अर्गनाइजेसनले दर्ता गर्नेछ भने नेकपा एमालेले २ बजेको समय मागेको छ । २:३० बजे राष्ट्रिय प्रजातन्त्र पार्टीले दर्ता गरेपछि ३ बजे गठबन्धनमा रहेका दलहरू नेपाली काँग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दर्ता गर्नेछ । नेपाल मजदुर किसान पार्टीले ३:५० को समय लिएको छ ।
दलहरूले मनोनयन दर्ता गर्न आँउदा चौतारा टुँडिखेलबाट प्रति उम्मेदवार २५ जना भन्दा धेरै मानिस सहभागी हुन पाउनेछैनन् । क्षेत्र नं १ का लागि तोकीएको जिल्ला समन्वय समितिको कार्यालय र क्षेत्र नं २ का लागि चौतारा साँगाचोकगढी नगरपालिकाको कार्यालय परिसर भित्र भने उम्मेदवार , प्रस्तावक र समर्थक मात्रै प्रवेश गर्न पाउनेछन्।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।