स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको मतगणना भइरहँदा प्रतिनिधि सभा १ मा नेकपा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायमै गरेका छन् भने प्रतिनिधि सभा २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतको अग्रता रहेको छ ।
हालसम्म प्राप्त मतपरिणाम अनुसार सिन्धुपाल्चोक १ मा भोटेकोशी गाउँपालिकाको मतगणना सकिएर अहिले बाह्रविसे नगरपालिका ४ को मतगणना भइरहरेको छ । कुल ७४०५ मतगणना हुँदा एमालेका नेपालले ३०७५ मत ल्याएर अग्रता कायम गरिरहेका छन् । उनीको प्रतिस्पर्धामा २९०१ मत ल्याएर गठबन्धनको तर्फबाट माओवाद केन्द्रका माधव सापकोटा दोस्रो स्थानमा रहेका छन् । सो क्षेत्रमा ४१७ मत सहित राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठ तेस्रो स्थानमा छन् ।
सिन्धुपाल्चोक प्रतिनिधिसभा २ तर्फ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिइरहेका छन् । बस्नेतले ३१७५ मत प्राप्त गर्दा नेकपा एमालेका शेरबहादुर तामाङ १८७५ मत सहित दोस्रो स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टीकी माया गुरुङ ४१६ मत सहित तेस्रो स्थानमा छन् ।
प्रतिनिधि सभा क्षेत्र नं. १ को प्रदेश सभा क्षेत्र नं. १ मा गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसकी मसिना खड्का २५९९ मत सहित पहिलो र नेकपा एमालेका युद्धविक्रम तामाङ २४९४ मत सहित दोस्रो स्थानमा छन् ।
प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा गठबन्धनकै माओवादी उम्मेदवार युवराज दुलाल ३०३५ मतका साथ पहिलो स्थानमा छन् भने एमालेका अमानसिंह तामाङ १८५७ मत सहित दोस्रो स्थानमा छन् ।
हामी निरन्तर अपडेटमा छौं ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।