Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ माघ २३, सोमबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
खुल्ला पानाकाठमान्डौ २०७९ माघ ७, शनिबार (२ हफ्ता अघि)
उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

ती बालबालिका जसले पढ्न पाए या पाएनन् । तिनीहरूले खान पाए या पाएनन् अनि जाडोमा न्यानोमा बस्न पाए या पाएनन् भन्ने चिन्तामा उनको दैनिकी थियो ।

हो, जेलभित्र रहेका अभिभावकका बालबच्चा सुनौलो भविष्यको खाका कोर्नबाट वञ्चित होलान् भन्ने पिरले सताउँथ्यो उनलाई । अनि उनीहरूलाई कसरी शिक्षित बनाउने, विनाकसूर कारागार पुगेका यस्ता बालबालिकालाई कसरी समाजमा घुलमिल गराउने भन्ने प्रश्न खेलिरहने उनले सायदै सोचेकी थिइन् कि प्रतिनिधिसभाको उपसभामुख बन्छु भनेर ।

उनी हुन् झापा शनिश्चरेकी इन्दिरा राना मगर । जो भर्खरै प्रतिनिधिसभाको उपसभामुखमा निर्वाचित भएकी छिन् ।

 

गरिब परिवारमा जन्मेकी इन्दिराले पटक-पटक भन्ने गरेकी छिन्, ‘मैले सानोमा धेरै दुःख पाएँ, आधा पेट खाएर हिँड्ने गरेको अहिले ताजै लाग्छ ।’

हुन पनि अधिकांश नेपाली झैँ इन्दिराको बाल्यकाल पनि गरिबीकै चक्रमा बितेको थियो । घरमा खान लाउन निक्कै समस्या थियो । कहिले उनी जंगलबाट खोजेर ल्याएका गिठा, भ्याकुर खाएर पेट भर्थिन् त कहिले गाउँकै सतार समुदायका बालबालिकासँग खोलामा गएर गँगटा मारेर । सानैमा पनि ज्याला मजदुरी नगरी उनको पेटमा खानेकुरा पर्न धौ–धौ थियो ।

उनै रानामगर अहिले उपसभामुख भएकी छिन् । यसरी मुलुककै छैटौं शक्तिको कुर्सीमा बसेर इतिहास रचेकी उनको सामाजिक कथा झनै लोभलाग्दो छ ।

कारागारमा रहेका अभिभावकहरूको बच्चाको भविष्यबारे सधैं चिन्तित रहने उनले तिनै बालबच्चाको संरक्षण गर्ने अठोटका साथ बन्दी सहायता नेपाल नामक संस्थाको स्थापना गरेकी थिइन् । तर, इन्दिराले जतिबेला यो संस्थालाई जन्म दिइन् त्यतिबेला उनीसँग एकपैसा पनि थिएन ।

तर, पनि उनले बाबुआमा कारागारमा पुगेर बिचल्लीमा परेका बालबच्चालाई हुर्काउनतिर लागिन् । उनले आफ्नै छोरी सुविनालाई माया, स्नेहसहित  कैदीबन्दीका छोराछोरीलाई हुर्काउन थालिन् ।

सुरुआती चरणमा उनले अनेकौं हण्डर खाइन् । तर, लक्ष्य प्राप्ति गर्न उनी कतै विचलित भइनन् । पछि हट्नेभन्दा अघि बढेर चुनौतीको सामना गर्ने संकल्प लिइन् ।

बिस्तारै उनको काम फैलियो । उनको समाजसेवा  बिस्तारै-बिस्तारै गाउँ, सहर फैलन थाल्यो । उनी वाहवाहीको पात्र बन्न थालिन् । धेरैले चिन्न थाले । उनको कामको प्रशंसा हुन थाल्यो । अनि यही बीचमा केही व्यक्ति अनि संस्थाले पनि साथ दिन थाले ।

उनमा थप हिम्मत बढ्यो । आँट बढ्यो ।

उनी समाजसेवा गरेकै कारण सम्मानित हुन थालिन् । सम्मान भएवापत आउने रकम पनि संस्थाको पुँजी बन्यो । यसरी अनेक हन्डर ठक्कर खाँदै ५ वर्षको पुगेको संस्थाका लागि गर्विलो क्षण आयो । त्यो थियो , ‘अशोका फेलोसिप’ प्राप्त गर्नु । यो ‘फेलोसिप’ले आफ्नो ‘हार्डसिप’ सहज बनाएको इन्दिराको भनाइ थियो ।
किनकि अशोकाका फेलोसिपले उनलाई अन्तर्राष्ट्रिय ख्याति दिलायो ।

जसकारण उनलाई अर्काे सफलता हात लाग्यो । त्यो थियो एसिया जनसेवा अवार्ड  । यो यस्तो सम्मान हो जुन एसियाका उत्कृष्ट २१ नेतृत्वले पाउँछन् । सन् २००९ मा यो सम्मान पाउने भाग्यमानी २१ मध्ये इन्दिरा एक थिइन् ।

न आर्थिक स्रोत, न अनुभव । मात्रै आँट र इच्छाशक्तिबाट सुरु गरेको समाजसेवाले उनलाई थप उचाइतिर मात्रै पुर्‍याउँदै थिएन उनको काममा पनि सघाउ हुन थालेको थियो । यही क्रममा उनले पाकिस्तानकी नोबल पुरस्कार विजेता यूसुफ मलाला र अमेरिकाका जोन उडसँगै ‘वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड पनि पाइन् ।’ यो अवार्ड सन् २०१४ मा प्रदान गरिएको थियो । स्वीडेनकी रानी सिलिभियाबाट यो अवार्ड पाएपछि उनको चर्चा अन्तर्राष्ट्रिय स्तरमै चुलियो । इन्दिराको कामबारे धेरैले थाहा पाए ।

त्यसको ठीक तीन वर्षपछि उनले झनै अर्काे सफलता पाइन्, त्यो थियो बीबीसीले सार्वजनिक गरेको प्रेरणादायी तथा सिर्जनशील महिलाहरूको प्रारम्भिक सूचीमा उनको नाम ।

बीबीसीले उच्चपद प्राप्ति, महिला निरक्षरता, सडक दुर्व्यवहार र खेलमा लैङ्गिक विभेद गरी चार शीर्षकमा प्रेरणादायी महिलाको छनौट गरेको थियो । नेपालकी इन्दिरा महिला निरक्षरता अन्तर्गत चयन भएकी थिइन् । यो सूचीमा विभिन्न देशका राष्ट्रपति, चर्चित खेलाडी, कवि तथा कलाकार पनि थिए ।

उनै प्रेरणादायी इन्दिरा अहिले नेपालको उपसभामुख भएकी छिन् ।

अहिले पनि उनले नयाँ बजारमा २८ जना बालबच्चा हुर्काइरहेकी छिन् । त्यहाँ उनको डेरा छ । त्यही डेरामा राखेर बालबालिकाको पालनपोषण गरिरहेको उनी बताउँछिन् ।

‘बालक र बालिका अलग स्थानमा राखेर रेखदेख अनि शिक्षा दिलाइरहेका छौं,’ उनी भन्छिन् ।

अहिले दुई विद्यालय र १० वटा बालगृहमा बालबालिका छन् । साँखुको घरमा भने कारागारबाट ल्याइएका र विपन्न वर्गका बालबच्चासहित ८५ जना पठनपाठन गर्छन् ।

विपन्न परिवारका बालबच्चालाई उनले ‘छोरी शिक्षा’ कार्यक्रममार्फत शिक्षा दिलाइरहेकी छन् । म्याग्दी, कास्की, झापा र काठमाडौंका ३८ परिवारका बालबालिकालाई संरक्षण दिइरहेको उनको भनाइ छ ।

यो क्रममा उनले दुई हजारभन्दा बढी बालबालिकालाई पालनपोषण अनि शिक्षा दिलाएकी छिन् ।

उनी आफ्नो समाजसेवाका कथा सुनाउँदै गर्दा भन्ने गर्थिन्, ‘मलाई सरकारबाट सहयोग छैन ।’

तर, अब उनी आफैँ सहयोग गर्ने ठाउँमा पुगेकी छिन् । अहिलेलाई उनले सहयोग गर्नुपर्ने अनुहार बनेका छन् देशका सांसद । योसँगै उनले आफ्नो जस्तै यात्रा गर्नेलाई नीति निर्माण गरेर पनि सहयोग गर्न सक्छिन् । र, यसमा रोचक कुरा के छ भने सांसदको सहायक हेडमास्टर बन्न पुगेकी उनी  राजनीति सुरु गरेको ६ महिनामै त्यहाँ पुगेकी छिन् ।

सञ्चारकर्ममा सक्रिय रवि लामिछानेले गएको ७ असारमा पार्टी गठन गरे राष्ट्रिय स्वतन्त्र पार्टी । पार्टी गठन गरेसँगै रविको टोली देशमा चर्चा कमाएका विशेष व्यक्तिहरूलाई आफ्नो पार्टीमा जोड्ने अभियानमा लागेको थियो । त्यही सिलसिलामा राजनीतिमा होमिएकी थिइन्, इन्दिरा ।

पार्टी गठनपछि पहिल्यैदेखि चिनजानमा रहेका मेघ आलेले उनलाई पार्टीमा भित्र्याएको उनी बताउँथिन् । ‘उहाँहरूले हामी केही नयाँ गर्छाै भनेर पार्टी खोलेका हौं, हामीसँग जोडिनुहोस् भन्नुभयो,’ उनी भन्छिन्, ‘पार्टीको लक्ष्य बुझेपछि म सहमत भएँ ।’

पार्टी चुनावमा होमिँदा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेको थियो ।

‘पार्टीले सफलता पाएपछि उहाँलाई सदनमा पुर्‍याउने लक्ष्यका साथ उहाँको नाम समानुपातिकको सूचीमा समावेश गरिएको हो,’ राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री रहेका कविन्द्र बुर्लाकोटीले भने, ‘समाजप्रति उहाँको अनुभव इमान्दारिता अनि तपस्या र नागरिकप्रति हेर्ने दृष्टिकोण सकारात्मक सोच भएकाले पार्टीले निर्णय लिएको हो ।’

समाजसेवामार्फत अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएकी उनलाई उपसभामुखको जिम्मेवारी दिएर सम्मान दिनु पार्टीको कर्तव्यसमेत रहेको उनको भनाइ छ ।

‘असहाय बालबालिकाकी आमा बनेर ‘भुईँमान्छे’हरूको जीवन भोग्नुभएकी उहाँमा समाज विकासको खाका कोर्ने अनुभव पनि छ,’ बुर्लाकोटीले इकागजसँग भने, ‘हामी उहाँलाई नेता मानेर उहाँको पथ पछ्याउनेछौं ।’

अहिले इन्दिराको समाजसेवाको कथा स्पेनको ५० वटा स्कुलमा पढाइ हुन्छ । त्यस्तै क्यानडा र थाइल्यान्डको पाठ्यक्रममा पनि छ ।

‘उहाँ जत्तिको आइडललाई नेताका रूपमा पाउँदा गौरवान्वित छौं,’ उनले भने ।

राजनीति सुरु गर्दैगर्दा सायदै इन्दिराले सोचेकी थिइन्, पार्टीले यसरी चुनाव जित्ला र सांसद बन्ने अवसर मिल्ला । तर, जीवनले कहिलेकाहीँ सरप्राइज दिन्छ । इन्दिरालाई यसैगरी जिन्दगीले डबल सरप्राइज दियो । पहिला सांसद बनिन् अनि अहिले उपसभामुख । इकागजबाट

प्रतिक्रिया दिनुहोस
मुख्य समाचार सम्बन्धि थप
  • १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

  • प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

  • लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

  • बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    • ताजा अपडेट
    • २४ घण्टामा

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    बागमतीको सबै माविमा विद्यालय नर्स कार्यक्रमको तयारी

    राप्रपाबाट लिङ्देन सहित ४ जना मन्त्री बन्दै

    उपसभामुख इन्दिरा : जसको समाज सेवाको कथा स्पेन, क्यानडा र थाइल्यान्डको स्कुलमा पढाइन्छ

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    बलेफीमा उपाध्यक्षकै नेतृत्वमा विशेष गाउँ सभाको माग

    समाचार
    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    १८ स्वर्णसहित इर्खुलाई राष्ट्रपति रनिङ शिल्ड

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    प्रचण्डले चनौटेमा भने—‘देशको अर्थतन्त्रमा गंम्भिर समस्या छ’

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    संखुवासभा अरुण तेस्रोमा सिन्धुपाल्चोकका युवाको मृत्यु

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    लिदि पहिरो प्रभावितलाई चौताराको लालपुर्जा वितरण

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0