स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गतमा क्याम्पसहरुमा चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सिन्धुपाल्चोकमा नेकपा एमाले र माओवादीका विद्यार्थी संगठनहरु विच तालमेल हुने भएको छ ।
निर्वाचनमा नेकपा एमाले विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) विच बराबर भागबन्डा गर्ने गरि तालमेल सहमति भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष लक्ष्मण सिलवालले बताए । जिल्लामा रहेका १२ वटा क्याम्पस मध्ये ६ वटा मा अखिलको र ६ वटामा क्रान्तिकारीको नेतृत्व रहेनछ भने अखिल अध्यक्ष भएको क्याम्पसमा क्रान्तिकारीको सचिव र क्रान्तिकारीको अध्यक्ष भएको क्याम्पसमा अखिलको सचिव हुनेछन् ।
जिल्लाको सदरमुकाममा रहेको चौतारा बहुमुखी क्याम्पस सहित अरनिको कलेज, ककलिङ क्याम्पस , जलविरे भ्यालि क्या, पाँचपोखरी क्याम्पस र सिन्धु भ्याली क्याम्पसमा क्रान्तिकारीको अध्यक्ष र अखिलको उम्मेदवार सचिव हुने सहमति भएको छ । त्यस्तै सुनकोसी क्याम्पस , ठोकर्पा सामुदायिक क्याम्पस , जुगल बहुमुखी क्याम्पस , अभयानन्द शिक्षा क्याम्पस , इन्द्रावती बहुमुखी क्याम्पस र मेलम्ची भ्यालि क्याम्पसमा अखिलको अध्यक्ष र क्रान्तिकारीको सचिव पदमन उम्मेदवारी दर्ता गर्नेछन् ।
दुवै दलका जिल्ला अध्यक्ष सहितको बैठकले यस्तो निर्णय गरेको थियो । उक्त सहमति अनुसार सिन्धुपाल्चोकका क्याम्पसहरुमा बाम गठबन्धन र नेपाल विद्यार्थी संघको छुट्टाछुट्टै प्यानल स्ववियु निर्वाचनमा होमिनेछ ।
निर्वाचनका लागि भोलि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने निर्वाचन तालिका रहेको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।