स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
काठमाडौं – नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति विकास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगसँग जुधिरहेका लामो उपचारका क्रममा गए राति निधन भएको हो ।
नेपाली कांग्रेसका महासमिति सदस्यसमेत ६४ वर्षीय लामाको उपचारकै क्रममा शुक्रबार राति काठमाडौंको वीर अस्पतालमा निधन भएको हो ।
लामा विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनी पार्टीको १३ औं जिल्ला अविेशनबाट सभापतिमा निर्वाचित भएका थिए । शान्त, शालीन नेताको रुपमा छवि बनाएका लामा पार्टीको १४ औं महाधिवेशनमा सह महामन्त्रीको प्रत्याशी थिए । उनी शेखर कोइराला प्यानलबाट चुनावी मैदानमा होमिएका थिए ।
लामाको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शनिबार दिनभर काठमाडौं बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाहसंस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।
मृतक लामाको अहिले एक श्रीमती दुई छोरा र चार छोरी छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८