स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले वडा वडामा रास्वपा अभियान अन्तर्गत वडा समितिको लागि उम्मेदवारी आह्वान गरेको छ । पार्टीले देशका सबै वडा समिति निर्माण गर्नका लागि उम्मेदवारी आह्वान गरेको हो ।
पार्टीको वडास्तरीय समितिमा बस्न चाहने व्यक्तिले पार्टीको नियम बमोजिम आफ्नो सदस्यता विवरणमा मतदाता परिचय पत्र अनिवार्य अनलाईन अपलोड गरी पार्टी सदस्यता लिएका सबैले वडा समितिमा रहनको लागि उम्मेदवारी दिन सक्ने छन् । उम्मेदवारी दिनेले पार्टीको RSP APP मा “वडाको उम्मेदवार बन्नुहोस” भन्नेमा क्लीक गरी उम्मेदवारी शुल्क रु. १००/ सहित उम्मेदवारी दिनु पर्ने पार्टीका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटिले बताए ।
पार्टीले भेला गरी वडा समिति गठन गर्ने कार्य स्थगित गरी वडा समिति अद्यावधिक नभएका वडाहरुमा अनलाईन मार्फत उम्मेदवारी दिई वडा समिति गठनको प्रक्रियामा जान लागेको उनले बताए । इच्छुक सदस्यहरुले २०८० असोज २ गते देखि २० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । आवेदनको म्याद सकिएपछि उम्मेदवार नामावली असोज २१ गते देखि कार्तिक ९ गतेसम्म प्रकाशन गरिने उनले बताए । त्यसपछि कार्तिक १० गते देखि १६ गते सम्म अनलाइन मार्फत नै मतदान हुने र निर्वाचन परिणाम कार्तिक २० गते प्रकाशन गर्ने पार्टीको योजना छ ।
वडा समितिमा दलित १ जना, महिला ४ जना, ४५ वर्ष मुनिका युवा ६ जना सहित ११ सदस्य निर्वाचित हुनेछन् । निर्वाचित मध्ये वडा सभापति, उपसभापति र सचिव छनौट हुनेछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।