स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी, सिन्धुपाल्चोकले जिल्लामा पार्टीको वडा भेलालाई तिब्रता दिन थालको छ । यहि बर्षको अन्त्यसम्ममा जिल्लाका सबै वडा भेला गरिसक्ने लक्ष्य लिएको पार्टीले शनिबार मेलम्ची नगरपालिका ६ तालामाराङ्गको वडा भेला सम्पन्न गरि वडा समिति गठन गरेको छ ।
मेलम्ची-६ तालामाराङ्गको वडा भेलाले युवा व्यवसायी बालकृष्ण प्याकुरेलको नेतृत्वमा ९ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा हरिचन्द्र तामाङ्ग उपसभापति र गोकुल ढुङ्गाना सचिव चयन भएका छन्।
भेलाले राम बहादुर तामाङ, अनिल चालीसे, लक्ष्मी भण्डारी, रमेश ढुंगाना, पाल्सेन तामाङ र युवराज अर्याललाई सदस्य पदमा चयन गरेको छ । समितिमा समावेशीता कायम गर्न सभापतिले थप २ जना सदस्य मनोनीत गर्नेछन्।
रास्वपा मेलम्ची नगर सभापति गोकुल प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नवगठित वडा समितिका पदाधिकारी तथा सदस्यहरुलाई सभापति ढकाललेनै पद तथा गोपनियताको सपथ ग्रहण गराएको नगर सदस्य केशव ढुङ्गानाले बताए ।
भेलामा जिल्ला सभापति माया गुरुङ्ग र जिल्ला सचिव चक्रपाणी सिग्देलले समसामयिक विषयमा आफ्नो धारणा राखेका थिए ।
पार्टीले माघ १९ गते शनिबार पुर्व युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा चौतारा साँगाचोकगढी नगरपालिका ११ को वडाभेला नर्सरी चोकमा गर्दैछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।