स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
७ भदौ, सिन्धुपाल्चोक ।
सामान्य रुपमा आफन्त गुमाएका परिवारले पुजाआजा र दानदक्षिण गरेर औपचारीकता मात्रै दिएर मनाउँदै आइएको चौताराको गाइजात्रामा घिन्ताङ घिसी र लाखे नाचले रौनकता थप्न थालेको छ । सिन्धु नेवाः खलः ले बालबालीकालाई धिमेबाजा प्रशिक्षण नै दिएर सक्षम बनाएपछि यो सम्भव भएको हो ।
आफ्नो परिवारको मृतक सदस्यको सम्झनामा विभिन्न भेषभुषामा सजिएर यो जात्रामा सहभागी हुने गर्दछन् । एकवर्ष भित्र मरेका आफन्तको सम्झनामा गाईलाइ सिंगारेर सो गाइ दान गर्ने प्रचलनको रुपमा विकास भएको गाइजात्रा पर्व अहिले नेवार समुदायको संस्कृती प्रदर्शन गर्ने थलो समेत बनेको छ । नेवारका विभिन्न पहिरन र धिमे बाजाले यसको रौनकता थप्ने गरेको स्थानिय एवम् नेपाल रेडक्रस सोसाइटी, सिन्धुपाल्चोकका मन्त्री कमलचरण कक्षपतीले बताए । ‘संस्कृती नै समाजको पहिचान भएकोले यसको जगेर्ना गर्दै नयाँ पुस्तालाई संस्कृती हस्तान्तरण गर्नु पनि जरुरी छ ।’
भक्तपुरको नेवार समुदायमा प्रचलित धिमे बाजा संस्कृती चौताराको नेवार समुदायले समेत प्रयोगमा ल्याएका हुन् । चारबर्ष अघिदेखि भक्तपुरबाट प्रशिक्षक ल्याएर चौतारामा यसको प्रयोग हुन थालेको हो । यो नाचमा सहभागी हुनको बालबालीका तथा अभिभावकहरु उत्सुक भएकोले जनशक्तीको अभाव हुन पाएको छैन । हालसम्म एक सय ८ जनाले तालिम लिइसकेको भएपनि उनीहरुको खर्च र बाजा व्यवस्थापन गर्नको लागि आर्थिक रुपमा भने चुनौतीको रुपमा रहेको छ सिन्धु नेवा खलःका सदस्य एवम् धिमे बाजा उपसमितिका संयोजक हरिगोपाल श्रेष्ठले बताए । चौतारामा रहेका नेवार सहित अन्य जातजातीका बालबालीकाले समेत यो बाजा बजाउन सिकेको र यसले एक आपसमा जातीय सहिष्णुता कायम राख्न समेत मद्दत गरेको उनले बताए ।
यस्ता संस्कृतीको संरक्षण गर्नसकेमा मात्रै देश विदेशमा आफ्नो पहिचान जोगाएर राख्न सकिने जानकारहरु बताउछन् । यस्ता संस्कृती संरक्षण गर्न स्थानीय तहहरुबाट समेत प्रयास हुदैं आएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले समेत नेवारी संस्कृती संरक्षणका लागि विभिन्न योजनाहरु लागु गरीरहेको छ । सबै खाले धर्म र संस्केतीको संरक्षण गर्न नगरपालिकाले सहया्ग समेत गरिरहेको चौतारा साँगाचोकगढी नगरपालिका ५का वडाध्यक्ष नरमान श्रेष्ठले बताए ।
बहुल धर्म र संस्कृतीले भरिपुर्ण मुलूकमा यस्ता सबै कला र संस्कृतीको संरक्षण गरिनुपर्दछ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।