स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको सदरमुकाम चाैतारामा पहिलोपटक पाकउत्सव (fOOD FESTIVAL) २०८१ काे आयाेजना गरिएको छ ।
चौताराको ऐतिहासिक क्षेत्र पुरानो बजारको कृष्ण मन्दिर परिसरमा सो महोत्सव आयोजना गरिएको हो ।
म्हसिका पुच : चाैताराकाे आयाेजनामा भएको महाेत्सवकाे चाैतारा साँगाचाेकगढी नगरपालिकाका प्रमुख कृष्णप्रसाद सापकाेटाले उद्घाटन गरेका हुन् ।
चाैतारा साँगाचाेकगढी नगरपालिका, वडा नं. ५ को कार्यालय सहित आधा दर्जनभन्दा बढि सामाजिक संघ संस्थाकाे सहकार्यमा महाेत्सव आयाेजना गरिएको सीतादेवी श्रेष्ठले बताईन् ।
महाेत्सवमा नेवारी संस्कृति झल्कने पाेषाक तथा नेवारी खानाकाे स्टल राखिएको थियाे । परम्परागत विभिन्न भाँडाकुँडा, रक्सि पार्ने प्रविधि तथा विभिन्न लोपोन्मुख संस्कृतिको सो अवसरा प्रदर्शनी गरिएको थियो ।
त्यसैगरि चाैताराका पुराना बासिन्दा घले तथा गुरुङहरुकाे पनि पाेषाक तथा खाना प्रदर्शनी गरिएकाे वडा अध्यक्ष शिव श्रेष्ठले बताए ।
महाेत्सव चाैतारा साँगाचाेकगढी नगरपालिकाकाे सहयाेमा आयाेजना गरिएको हाे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८