स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
३० भदौ , काठमाडौ ।
जिल्लाबासिको लागि खुलेको मध्यभोटेकोशी जलविद्युत् आयोजनाको शेयर दशैंअगाडी नै बाँडफाँड गरिने तयारी रहेको छ । द्रुतगतिमा आइपीओ निष्कासनपछिका काम भइरहेकाले दसैं अगावै खुल्ने भएको हो ।
धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलकाअनुसार मध्यभोटेकोशीको आईपीओ बाँडफाँड हुने प्रबल सम्भावना छ हाल पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीयका लागि निष्कासन गरिएको आईपीओको बाँडफाँड गर्ने तयारी भइरहेको छ ।
मध्यभोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल शिवाकोटीले दसैंअगाडि नै सर्वसाधारणका लागि आईपीओ निष्कासनसमेत गरिने बताए ‘स्थानीय र आयोजना प्रभावितका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँड गरेको केही दिनभित्रै सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछौँ’, उनले भने ।
नेपाल धितोपत्र बोर्डबाट मध्यभोटेकोशी चुक्तापुँजी ६ अर्ब रुपैयाँको २५ प्रतिशतबराबरको १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ । जसमा १० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ अर्थात ६० लाख कित्ता सेयर कम्पनीले पहिलो चरणमा सिन्धुपाल्चोकका आयोजना र प्रभावित र स्थानीयका लागि निष्कासन गरिसकेको छ ।
पहिलो चरणको आईपीओको बाँडफाँड आगामी सातासम्म बाँडफाँड गरिसक्ने लक्ष्य राखिएको छ ‘यो साता सबै काम सक्छौं र आगामी साताभित्रै पहिलो चरणको आईपीओ बाँडफाँड हुन्छ’, उनले भने ।
पहिलो चरणको आईपीओ बाँडफाँडपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ कुल कित्तामध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीलाई र ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने सेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिने कम्पनीले जनाएको छ । सिन्धुखबरबाट
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।