स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ७, मेलचौरमा दोस्रो मालिकादेवी कप अन्तर्गत सिन्धुपाल्चोक जिल्ला स्तरीय सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा जिल्लाका ३० टिमको सहभागिता रहेको छ ।
मेलचौर युवा जागरण समाजको आयोजनामा असोज २८ गतेबाट सुरु भएको प्रतियोगिताको कात्तिक ४ गते समापन हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ८० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रत्येक खेलको उत्कृष्ट खेलाडीले नगद १ हजार सहित ट्रफी पाउनेछन् भने प्रतियोगिता अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलरक्षक लगायतले पनि नगद पुरस्कार सहित ट्रफी पाउने आयोजक संस्थाका सचिव सविन दङ्गालले बताए ।
उक्त प्रतियोगितामा सुरक्षाका लागि उत्कृष्ट व्यवस्थापन मिलाइएको छ । प्रत्येक खेलका लागि खेलाडीलाई मैदान प्रवेश गर्नका लागि खेलाडी पासको व्यवस्था गरिएको छ । चारैतिरबाट जाली लगाएर घेरिएको दरबारडाँडा खेलमैदानमा निश्चीत व्यक्ति बाहेक अरुले प्रवेश पाउँदैनन् । तत्काल खेल्ने सहभागी टिमका खेलाडी, प्रशिक्षक, व्यवस्थापक रेफ्री र अफिसियल बाहेक आयोजक समितिका पदाधिकारी समेत खेल अवधिभर मैदानको मूल ढोकाबाट प्रवेश पाउँदैनन् ।
दर्शकका लागि छुट्टै बस्ने ठाउँको व्यवस्था गरिएको छ भने दरबारडाँडा आउन नसकेका दर्शकका लागि फेसबुक लाइभबाट हेर्न पाउने व्यवस्था मिलाइएको सचिव दङ्गालले बताए । खेलको सुरक्षाका लागि नेपाल प्रहरी सहित ५० जना स्वयम्सेवक खटाइएको छ । सुरक्षा समितिका स्वयम्सेवक बाहेक अरु स्वयम्सेवकले समेत मैदान क्षेत्रमा प्रवेश पाउँदैनन् । निश्चित सङ्ख्यामा तयार गरिएको विशेष पास हुने व्यक्ति समेत सामान्य अवस्थामा मैदानमा जान अनुमति दिइएको छैन ।
खेललाई मर्यादित, भयरहित र सुरक्षित बनाउन यस्तो सुरक्षा व्यवस्था मिलाइएको आयोजक संस्थाका अध्यक्ष कृष्ण श्रेष्ठले खुल्लापानालाई बताए । खेलाडीहरूलाई खेल शुरु हुनु भन्दा आधा घण्टा अगाडि मात्रै मैदान प्रवेश गर्न दिने र मैदानसँगै रहेको छुट्टाछुट्टै चेन्जिङ रुममा आफ्नो सामग्री राखेर ड्रेस चेन्ज गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।