स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
चौतारा साँगाचोकगढी स्तरीय राष्ट्रिय रनिङ शिल्ड श्री इर्खु मावि, इर्खुले जितेको छ । शुक्रबारदेखि साँगाचोकमा भएको रनिङ शिल्डमा इर्खु माविले १८ स्वर्ण, ८ रजत र १२ कास्यसहित प्रथम भएको हो ।
इर्खुले प्रथम स्थान हासिल गर्दा श्री कृष्ण रत्नगंगा मावि, चौताराले १४ स्वर्णसहित दोस्रो र श्री सेतीदेवी मावि ठुलोसिरुवारी ५ स्वर्ण सहित तृतीय भएको छ ।
प्रतियोगिताको कबड्डि खेलमा छात्रतर्फ जनजागृती मावि साँगाचोक, छात्रातर्फ जनविकास मावि साँगाचोक टिम च्याम्पियन भए भने भलिबल छात्रतर्फ श्री कृष्ण रत्नगंगा मावि चौतारा र भलिबल छात्रातर्फ टिम च्याम्पियन श्री सिद्धि गणेश मावि सानोसिरुवारी टिम च्याम्पियन भएका थिए ।
साविकको विजेता कृष्ण रत्न गंगालाइ पछाडि पार्दै इर्खुले शिल्ड उचालेको हो । विजेता खेलाडीलाई विद्यालयले विशेष सम्मान गर्ने शिक्षक प्रकाश दंगालले बताए ।
कराते तर्फ सेतीदेवी मावि ठुलोसिरुवारी, तेक्वान्दोतर्फ कृष्ण रत्नगंगा मावि चौतारा र उसु, एथ्लेटिक्स छात्र र छात्रातर्फ इर्खु मावि टिम च्याम्पियन भएको चौतारा नगर खेलकुद विकास समितिले जनाएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८