स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मलेसियामा सम्पन्न सिक्सिट सीके क्लासिक अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२४ प्रतियोगितामा सिन्धुपाल्चोक , चौताराका सिसम श्रेष्ठले स्वर्ण पदक जितेका छन् ।
शनिबार मलेसियामा भएको खेलमा सिनियर ५४ केजिमुनी तौल समुहमा इन्डोनेसियाका खेलाडीलाई ४-१६ को फराकिलो प्वाइन्ट अन्तरमा हराउँदै श्रेष्ठले संवरण पदक प्राप्त गरेका हुन् । अघिल्लो चरणक खेलमा श्रेष्ठले मलेसिया र हङकङका खेलाडीलाई पराजित गरेका थिए ।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दैन सहभागी अन्य खेलाडीहरुमध्ये गारिन गुरुङले सुपर क्याडेट ४१ केजिमुनि स्वर्ण, रिवाज केसीले सुपर क्याडेट ४९ केजीमुनि स्वर्ण, प्रेमबहादुर थापा मगरले सुपर क्याडेट ४९ केजीमाथिमा स्वर्ण, सजिना गुरुङले सुपर क्याडेट ३० केजीमुनि स्वर्ण प्राप्त गरेका छन् ।
त्यस्तै ५८ केजीमुनि सिनियर प्रविन जंग खड्का रजत, कञ्चन राई सिनियर ४६ केजिमुनी रजत, दीपिका हमाल सिनियर ४९ केज मुनि कास्य, उजिन जीएम सुपर क्याडेट ३३ केजिमुनी कास्य र ४६ केजीमाथि सुपर क्याडेटमा सलिशा महर्जनले कास्य पदक प्राप्त गरेका छन् ।
प्रतियोगिता शुक्रबार र शनिबार २ दिनसम्म चलेको थियो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८