स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१४ पुस, चौतारा ।
सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बु लगायतका स्थानमा हिउँ परेकाे छ ।
सिन्धुपाल्चोकको शेर्माथाङ, मेलम्चीघ्याङ, ओखरेनी, मुडे, गोब्रे, सिन्दुर्चे लगाएतका क्षेत्रमा हिउँ परेपछि निकै चिसाे बढेकाे छ । हिउँ परेपछि कतिपय मानिसहरूले फाेटाे तथा भिडियो खिचेर समाजिक सञ्जालमा राखेका छन ।
पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण अहिले सिन्धुपाल्चोक लगायत देशका अधिकांश भुभागमा वर्षा सङ्गै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात भैरहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । हेलम्बुसङ्गै दाेलखाकाे कालिञ्चाेक,काठमाडौंकाे चन्द्रागिरी,मकावानपुरकाे पालुङमा पनि हिउँ परेकाे छ ।
दिउँसो पनि देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८