Logo
  • फुर्सदमा
  • समाचार
  • अपराध
  • अबसर
  • अर्थतन्त्र
  • कला/साहित्य
  • कृषि
  • खुल्ला टि.भी.
  • खेलकुद
  • धर्म/संस्कृती
  • पर्यटन
  • फिचर
  • मनोरंजन
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • विदेश
  • विशेष
  • शिक्षा
  • शेयरपाना
  • स्थानीय तह निर्वाचन
  • स्वास्थ्य
  • सम्पादकीय
  • English Edition
© 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

Logo
English Edition
२०७९ चैत्र १६, बिहिबार
  • समाचार
    • विशेष
    • अपराध
    • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
  • अर्थतन्त्र
    • शेयरपाना
    • कृषि
    • पर्यटन
  • विदेश
  • विचार/अन्तरवार्ता
  • स्थानीय तह निर्वाचन
  • मनोरंजन
  • खेलकुद
  • अन्य
    • सम्पादकीय
    • कला/साहित्य
    • धर्म/संस्कृती
    • अबसर
    • फिचर
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

उत्कृष्ट हाइकिङ गन्तव्य बन्दै सिन्धुपाल्चोकको भुतछाँगा

  • युनिकोड
  • मिति रुपान्तरण
  • स्थानीय
विजय नेपालचौतारा २०७९ अषाढ २४, शुक्रबार (८ महिना अघि)
उत्कृष्ट हाइकिङ गन्तव्य बन्दै सिन्धुपाल्चोकको भुतछाँगा

पछिल्लो समय मनोरञ्जन र स्वास्थ्यको लागि पनि हाइकिङ (पैदल यात्रा) जाने प्रचलन बढीरहेको छ । युवायुवती तथा पाका उमेरका व्यक्तिहरु पनि हाइकिङमा रमाउन थालेका छन् । यस्तै हाइकिङका लागि पछिल्लो समय सिन्धुपाल्चोकको भुतछाँगा पर्यटकहरुको रोजाइमा पर्न थालेको छ ।


राजधानी काठमाण्डौको कोलाहाल र प्रदुषणबाट फुर्सदको श्वास फेर्न चाहनेहरुको लागि सिन्धुपाल्चोकको भुतछाँगा उत्कृष्ट गन्तव्य बन्न थालेको छ । भ्लग बनाउने युवाहरुदेखि निवृत्त जिवन विताइरहेका पाका उमेरका व्यक्तिहरु समेत हाइकिङका लागि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ७ मा रहेका भुतछाँगामा आउन थालेका छन् । काठमाण्डौंबाट एक दिनमै पुगेर फर्कीन सकिने र मनमोहक दृष्यावलोकन समेत गर्न सकिने भएको कारण भुतछाँगा आकर्षणको केन्द्र बन्न थालेको हो ।


यहाँको अदुभुत दृष्यावलोकन गर्न पाँउदा पर्यटकहरु रमाउने गरेका छन् । काठमाण्डौंबाट हाइकिङकै लागि भुतछाँगा आइपुगेका इन्द्रबहादुर महर्जन, भाइराजा महर्जन सहितको टोली यहाँ आइपुगेकोपछि अत्यन्तै रमाइलो लागेको बताए । हरेक महिना देशको विभिन्न भुभाग घुम्ने गरेको द वाकर्स ग्रुपका सदस्यहरुले यस ठाँउको प्रचारप्रसार  र प्रवद्र्धन गर्न सकिएमा राम्रो पर्यटकीए संभावना बोकेको बताए ।


शनिबार र अन्य विदाको दिन भुतछाँगा आउने आन्तरीक पर्यटकको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । विशेषगरी लकडाउनको फुर्सदमा चर्चामा आएको भुतछाँगा पछिल्लो समय हाइकिङ पर्यटकको लागि समेत चर्चामा आउन थालेको छ । मगर समुदायको मगुवा र घले समुदायको खानीगाउँ बस्ती नजिकै पर्ने सो स्थानसम्म पुग्नको लागि सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट ६ किलोमिटर सडक यात्रा पछि ५ सय मिटरको पैदल यात्रामा पुग्न सकिन्छ । पहिलेपहिले स्थानीय बासिन्दाको पौडी पोखरीको रुपमा मात्रै रहेको सो छाँगा अहिले भने आन्तरीक पर्यटकहरुको जलक्रिडास्थल बन्न पुगेको छ । आफुहरु फर्किएपछि भुतछाँगा भ्रमणको लागि अन्य हाइकिङ टोलीलाई समेत अनुरोध गर्ने द वाकर्सका संयोजक राजेश शर्मा बबले बताए ।


पर्यटकहरुलाई लक्षीत गरी यहाँ नजिकै मगुवामा रिसोर्ट सञ्चालनमा आउन लागेको भने सोही बस्तीम होमस्टे समेत सञ्चालनको तयारीमा छ । यहाँ आउनको लागि चौतारामा रहेको होमस्टे तथा होटलहरुमा समेत बास बसेर चौतारा आसपासकै गौरती मन्दीर तथा बुद्धपार्कको समेत अवलोकन गर्न सकिन्छ । बागमती प्रदेश सरकारको लगानीमा सिँडी निर्माण गरिएको सो स्थानको विकासमा नगरपालिकाले भने आफ्नो पर्यटकिय गन्तव्यको सुचीमा राखेपनि विकासको लागि भने ठोस कदम भने नचालेको भुतछाँगा पर्यटकीय विकास समिती का अध्यक्ष निरञ्जन थापा मगरले बताए ।


पैदल यात्रा तथा साइकलिङको लागि समेत उत्कृष्ट गन्तव्य बन्न सक्ने भुतछाँगा राजधानी काठमाण्डौबाट ९३ किलोमिटर र सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट ६ किलोमिटर दुरीमा पुग्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस
पर्यटन सम्बन्धि थप
  • जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

  • पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

  • हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

  • चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    • ताजा अपडेट
    • २४ घण्टामा

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    चौतारा अस्पताल १५ शैया समुहमा देशकै उत्कृष्ट

    कवि किशमा किशाेर, पत्रकार थापा र गायक दुलाललाई प्रगति सम्मान

    ‘प्रेमा’को वियोगान्त गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

    सिन्धुपाल्चोक प्रहरीद्वारा दुइ फरार अपराधी पक्राउ

    इर्खुमा अन्डर १३ फुटबलमा सात टोलीलाई सफलता

    समाचार
    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    रासायनिक मलको अभावले सुनखानीमा जन्मायो कृषि सहकारी

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    जुरे पहिरो प्रभावितले नगदै पाउने

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    पाचँपोखरीमा भिरबाट लडेर एक महिलाको मृत्यु

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    हामी परिवर्तनको सुन्दर यात्रामा छौं -गौतम

    Logo

    सिङ्गाे नेपाल प्रा.ली. द्धारा प्रकाशित

    सिन्धुपाल्चोक, नेपाल

    [email protected]

    समाचार सम्पर्क ९८५११५३५४५

    विज्ञापनको लागि ९८४१९८९९४१

    सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८

    हाम्रो टीम

    सम्पादक : विजय नेपाल
    कार्यक्रारी सम्पादक :
    ब्यबस्थापक :....
    कानूनी सल्लाहकार :.....
    बजार ब्यबस्थापक : .....

    साईट मेनु

    • Home
    • फुर्सदमा
    • शर्तहरु
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • बिज्ञापन
    • समाचार
    • रिपोर्टरहरु
    • English Edition

    सामाजिक सञ्जाल

    © 2021 - 2023 Copyright Singo Nepal (P.) Ltd. | All rights reserved. Designed by: GOJI Solution

    स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    0