स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
‘ग्रेट हिमालयन ट्रेल’ को तल्लो खण्डको पदयात्रा सम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गत कात्तिक १३ गतेबाट शुरु भइ ४१ दिनमा सकिएको सो पदयात्राको भिडियो वृत्तचित्र गत शनिबार सार्वजनिक गरिएको हो ।
त्रिभुवन विश्वविद्यालय, ग्रामीण विकास केन्द्रिय विभागका उप प्रा.डा. राजन बिनाएक पासा र धादिङ गल्छी गाउँपालिका ३, कल्लेरी माविका शिक्षक लिलाबहादुर विश्वकर्माले गत वर्ष ४१ दिनमा २७ जिल्ला भ्रमण गरेका थिए । छोटो समयमै यात्रा पार गर्न, पदयात्रा गर्न चाहने पदयात्रीलाई आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयकाे जनजिविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्नका साथै वृत्तचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले सो यात्रा गरिएको पदयात्री पासाले बताए ।
शनिबार काठमाडौँको बागबजारमा वृत्तचित्र निर्माता राजन बिनाएक पासाले आगामी दिनमा समेत यस्तो पदयात्रालाई निरन्तरता दिने बताए । वृत्तचित्र सार्वजनिक समारोहकी प्रमुख अतीथि प्रतिनिधि सभा उपसभामुख इन्दिरा रानामगरले शिक्षण पेशामा रहेर पनि पर्यटनको क्षेत्रमा केही गरौँ भन्ने हुटहुटीको खुलेर प्रशंसा गरिन् । पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम व्यक्तिले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसँग सम्बन्धित काम गर्दा पर्यटन बिज्ञसँग मिलेर काम गरे फलदायी हुने बताइन् ।
कार्यक्रममा प्रा.डा. प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने बताउँदै यस्ता वृत्तचित्रले नयाँपुस्तामा आकर्षण बढ्ने बताए । कार्यक्रममा पदयात्री लिलाबहादुर विश्वकर्माले पदयात्राको उद्देश्यमाथि प्रकाश पारेका थिए । सो साहसिक पदयात्रा सम्बन्धी वृत्तचित्र rajan pasa Youtube Channel मार्फत हेर्न सकिन्छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।