स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
ठूला पाँच दलले आचारसंहिता विपरित काम गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । क्रियाशिल प्रमुख पाँचदल विरुद्ध चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेद्वार कुमार श्रेष्ठले आचारसंहिता उल्लङ्घन विरुद्ध उजुरी गरेका हुन् ।
सिन्धुपाल्चोकमा आचारसंहिता उल्लंघन गर्न दलहरूबीच प्रतिष्पर्धा नै चलेको छ । नेपाली काँग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोकमा क्रियाशील रहेका प्रमुख राजनैतिक दल हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, उन्नत लोकतन्त्र पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन लगायतका दल पनि सिन्धुपाल्चोकमा क्रियाशील छन् ।
श्रेष्ठले पाचँ दल नेपाली काँग्रेस, नेकपा एमाले , नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी विरुद्ध उजुरी गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
दलहरूले हिजो नै २४ घण्टाभित्र आचारसंहिता विपरीतका प्रचारसामग्री हटाउने भनेपनि अझै हटाएका छैनन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८