स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोकमा रहि विभिन्न सञ्चारमाध्यममा क्रियाशील पत्रकारहरुलाई बालबालिकासम्बन्धि रिपोर्टिङ तालिम प्रदान गरिएको छ । टुकि संघ सुनकोसीको आयोजना र सुनकोसी गाउँपालिकाक समन्वयमा सो तालिम सम्पन्न भएको हो ।
सुकुटेस्थित सिन्धु बिच रिसोर्टमा २ दिनसम्म चलेको तालिममा बरिस्ठ पत्रकार एवम् प्रशिक्षक कुन्दन अर्याल र तारक धितालले लैंगिक हिंसाको प्रकार, यसको पृष्ठभूमि तथा यसले पार्ने प्रभावका बारेमा सहभागीहरुलाई स्पष्ट पारेका थिए ।
तालिमको क्रममा समाचारका लागि बालबालिकासँग अन्तर्वार्ता गर्दा ध्यान पुर्याउनुपर्ने विभिन्न अवस्थाहरुबारे छलफल गर्नुका साथै जाल्पा मावी कोठेका ४ जना बालबालिका नै तालिम हलमा ल्याएर अन्तर्वार्ताको कृतिम घटना अभ्यास समेत गरिएको थियो । यश अभ्यासले अन्तर्वार्ता कला सिक्न झनै स्पष्ट भएको तालिमका सहभागीहरुले बताए ।
तालिमको उद्घाटन सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले गरेका थिए । तालिममा टुकि संघ सुनकोसीका अध्यक्ष राजेन्द्रकुमार भण्डारी , कार्यकारी निर्देशक ज्ञानेन्द्र पौडेल लगाएतको समेत उपस्थिति थियो ।
चाइल्ड फण्ड कोरिया र चाइल्ड फण्ड जापानको सहयोगमा टुकि संघले सुनकोसी गाउँपालिकाको १२ वटा विद्यालयमा सञ्चालित ‘विद्यालयमा लैंगिक समानता तथा सुरक्षा प्रवर्द्धन परियोजना’ अन्तर्गत तालिम सञ्चालन भएको हो ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।