स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक भोटेकोसीस्थित निर्माणाधिन भोटेकोसी १ जलविद्युत आयोजनाको सुरुङ ढलान गर्ने क्रममा ढलान खस्दा २ जना बेपता भएका छन् । अन्य १० जना घाइते भएका छन् ।
घटनास्थलबाट १० जनालाई तत्काल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको छ । ढलानले थिचेर बेपत्ता हुनेहरुमा ठाकुरबाबा नगरपालिका वडा न ३ का ३० वर्षिय रामदिन थारु र सोही नगरपालिका वडा न ५ का ३० वर्षिय सुमन थारु रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय , सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराइका अनुसार घाइते हुनेमा बर्दिया जिल्ला बाराबर्दिया नगरपालिकाका ४० वर्षिय लहानु थारु, ४५ वर्षिय दुर्गा चौधारी, दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका वडा न ९ का ४१ वर्षिय आइत थामी, ३१ वर्षिय विजय थामी,५६ वर्षिय गोपाल थामी, ३० वर्षिय दीपक थामी, ४० वर्षिय आइतमान थामी, ४५ वर्षिय पदमबहादुर थामी, रोल्पा जिल्ला लिवाङका २३ वर्षिय साशन रोक्का, दोलखा बैतेश्वर गाउँपालिकाका ५८ वर्षिय रामचन्द्र धिमाल घाइते भएका छन् ।
इलेक्ट्रो पावर कम्पनी लिमिटेडले भोटेकोसी गाउँपालिका वडा न ४ मा भोटेकोसी १ जलविद्युत आयोजनाले गत सावनबाट काम सुरु गरेको हो । ४० मेगावाट क्षमताको यो विद्युत आयोजनाको काम ३० प्रतिशत सम्पन्न भइसकोको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८