स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मंगलबार राती एक्कासि आगलागी भएपछि टुङ्गना गायक वीरबहादुरक कामीको भान्छाघर, सुन्नु टहरो र पिठो मिल रहेको टहरो क्षणभरकै खरानी भयो । बस्ने बास आगोले सिध्धिएपछि सिन्धुपाल्चोकको भोटेकोसी १, काङलाङका वीरबहादुर घरबबास बिहिन बनेका हुन् ।
घर नजिकैको पिठो पिस्ने मिलमा तार सट भएर आगो लाग्दा दृष्टिविहीन टुंगुना गायक वीरबहादुर कामीको परिवार बस्ने टहरा जलेको प्रहरीले जनाएको छ ।
‘यही गीत गाएर वर्षौंपछि सबैको सहयोगले बल्लतल्ल यो टहरा बन्यो’ घर जलेर नष्ट भएपछि सहयोगका लागि वीरबहादुरले याचना गरे -‘त्यो टहरा पनि बर्खामा जोखिममा परेको थियो, रातिको आगोले जलायो । ‘
आगोले घरमा भाँडाकुडा, खाद्यान्न लत्ताकपडा जलेर नष्ट भएपछि वीरबहादुरको परिवार विचल्लीमा परेको स्थानीय शिक्षक पशुराम गौतमले बताए । अब उनको कहाँ बस्ने हो ठेगान छैन ।
लोकगीत र टुंगुना गायकका रुपमा चिनिएका उनी परिवारसहित बर्खे पहिरोले जोखिममा परेको टहरामा बस्दै आएका थिए । जोखिममा परेको उनको टहरासहितको माथिल्लो गाउँलाई पहिरोबाट सुरक्षित गर्न भोटेकोशी गाउँपालिकाले पर्खाल लगाएको थियो । त्यसपछि सुरक्षित बनेको त्यही टहरा पनि जलेपछि बालबच्चा लिएर बस्ने टहरा र खाना जुटाउने समस्या उनको परिवारलाई परेको छ ।
गीत गाएर चिनिएका विकको परिवारलाई पहिरोबाट बचेको जमिनमा खेतीपाती गरेर दैनिक छाक टार्न मुस्किल छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।