स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१८ पुस, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिका ५ चौतारामा रहेको वनदेवी माध्यमिक विद्यालय मनोमानी ढंगले चलेको आरोप लागेको छ । विभिन्न तीन राजनैतिक दलले विद्यालयमा एक ध्यानाकर्षणपत्र बुझाँउदै सो आरोप लगाएका हुन् ।
विद्यालयमा विगत केही समय देखि विद्यालय व्यवस्थापन समितिको कार्यकाल समाप्त भएकोमा गठन प्रक्रिया स्थगित भई हालसम्म पनि अगाडी नबढाइएको तथा विद्यालयको विभिन्न कियाकलाप तथा बैठकहरुमा कुनै पनि राजनितिक दल तथा सरोकारवाला पक्षहरुलाई खवर नगरेको उनिहरुको आरोप छ । नेकपा एमाले, नेपाली काँग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा कमिटीले संयुक्तरूपमा सो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विद्यालयको आय व्यय यथार्थ रुपमा सार्वजनिक नगरेको, विद्यार्थीहरुको शैक्षिक स्तर घट्दै गएको साथै विद्यालय प्रशासनले मनोमानी ढगले विद्यालय संचालन गरीरहेको हुनाले हामीले सो ध्यानाकर्षण पत्र बुझाएका हौं । राप्रपा वडा कमिटी अध्यक्ष केशव श्रेष्ठले बताए ।
सो विषयमा सम्बन्धीत सरोकारवालाहरुले यथाशिघ्र अभिभावक भेला गराई व्यवस्थापन समिति गठन लगाएतका विषयहरुमा अभिभावक लगाएत सरोकारवालाहरुको राय, सल्लाह, सुझाव अनुसार विद्यालय संचालन गर्नको लागि विद्यालय प्रशासनलाई ध्यानाकर्षण गराइएको उनले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८