स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
२५ पुस, लिसंखु ।
सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ती र सदाचारमा आफूले कहिल्यै सम्झौता नगर्ने बताएका छन् । लिसंखु पाखर गाउँपालिका स्थित घिच्चेत उसिदुम माध्यमिक विद्यालयको ५३ औं बार्षिकोत्सब समारोहको उद्घाटन गर्दै सभामुख सापकोटाले सिन्धुबासीको शीर झुक्ने कार्य आफूबाट कहिल्यै नहुने प्रतिबद्धता जाहेर गरे ।
आफू कुनै पनि पदमा रहे पनि नरहे पनि नेपाली जनताको हक हित,अधिकार र स्वाधीनताका लागि आफ्नो प्राण छउन्जेल लडिरहने उद्घोष गर्दै सँघीय सदनलाई जिवन्त र जनमूखी बनाउँदै गुणस्तरीय कानून निर्माणमा कुनै कसर बाँकी नराख्ने धारणा व्यक्त गर्नु भयो । कानून बनाउने जिम्मेवारी सभामुखको हो सभामुख सापकोटाले भने कानून बनाउने मात्र हैन गुणस्तरीय कानून बनाएर ठिक ढंगबाट कार्यान्वयन भयो कि भएन त्यसको अनुगमनको जिम्मेवारी पनि सभामुखको हो ।
शिक्षा बिज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया कुमारी यादवले बालविकास शिक्षिकाहरुको अवस्था नाजुक रहेको भन्दै त्यस्ता शिक्षिहरुको हितका लागि नीतिगतरुपमा आफू लागि पर्ने बताइन् ।
लि माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटा सुबोधले शिक्षा स्वास्थ्यमा विभेद भएको उल्लेख गर्दै ती बिभेदको अन्त्य हुनु पर्नेमा जोड दिए । लिसंखुबाट बहिर गएका युवयुवतीलाई लिसंखुभित्र फर्काउनु पर्ने धारणा राख्दै युवा नेता सापकोटाले उत्पादन र रोजगारीको वातावरण शृजना गर्दै लिसंखुबाट बाहिरिएकाहरुलाई फर्काउने जिम्मेवारीमा सरकार र राजनीतिक दल गम्भीर भएर लाग्नु पर्ने धारणा व्यक्त गरे ।
शुभकामना मन्तब्य दिंदै लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले शिक्षा क्षेत्रको विकासका लागि आफू निरन्तर लागि रहेको र आजीवन लागि रहने प्रतिबद्धता जाहेर गरे ।।
लिसंखुपाखर ३ का वडा अध्यक्ष काजी लामा,माओवादी केन्द्र लिसंखुपाखर गाउँपालिका अध्यक्ष राजु लामा लगायतका बक्ताहरुले शुभकामना दिएको समारोहमा नवराज घोरासानी, आस्मान लोप्चन लगायतका कलाकारले सांगीतिक प्रस्तुति दिएका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।