स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
राष्ट्रिय कविता महोत्सव २०७९ मा कवि टीका आत्रेयको कविता ‘सङ्कल्प’ पहिलो भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित प्रतियोगितामा कवि यात्रीप्रकाश पाण्डेको ‘आगोमा फूलको देश’ दोस्रो र सीता तुम्खेवाको ‘चरिसो फूल’, किरन शिवाको ‘बुबालाई सिलाई मेसिन’ र कमलराज केसीको ‘सपना उम्रन्छ माटोमा’ कविता तेस्रो भएका छन् ।
प्रथम भएको टीका आत्रेयको कविता सङ्कल्प
उपासना हुँ देशको म अर्चना हुँ देशको
सुवास मग्मगाउँने म बासना हुँ देशको
सुधा पिएर शैलको म मृत्तिका सजाउछु
बनेर मेरुदण्डझैँ धरा उचाल्न सक्दछु ।
म मूल देशको कतै मुहान सर्न सक्दिनँ
भनेर वीर जो लडे कदापि भुल्न सक्दिनँ
तिनै अजेय वीरको दुरुस्त बाघ सन्तति
भुलेर खान्न भोकमा अनाज वा वनस्पति ।
धरा फुटेर जन्मिने मधेसकी म जानकी
हिमाल स्वाभिमानकी सुपूज्य अंश पार्वती
प्रताप ज्ञान बुद्धको लिएर शान्त सागर
बनूँ अनन्त देशको मुहारको प्रभाकर ।
म झर्छु बिन्दु रूपमा निधारको अघिल्तिर
बगेर सिन्धु कर्मले म फुल्छु सृष्टि सुन्दर
फलेर अन्न भोकको जरा उखेल्न सक्छु म
लिएर गर्भ ज्ञानको विकास जन्म दिन्छु म ।
बलेर अग्नि न्यायमा कसी लगाइदिन्छु म
उनेर प्रेम विश्वको गला मिलाइदिन्छु म
अरू त छैन चाहना म देशको धुलो बनी
यही पवित्र स्वर्गमा रहूँ जुनी जुनी जुनी ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।