स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ नेपाल उद्योग बाणिज्य महासंघको जिल्ला र नगर तर्फको खुल्ला केन्द्रिय सदस्यको उम्मेद्बारका लागि सिफारिस भएका छन् ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको अध्यक्ष श्री होम बहादुर बस्नेत (राजकुमार)को अध्यक्षता आज चैत्र १ गते बसेको पुर्ण बैठकले केन्द्रिय सदस्य कमल कुमार श्रेष्ठको समर्थनमा निबर्तमान अध्यक्ष श्रेष्ठलाई महासंघको ५७ साधारण सभामा जिल्ला /नगर तर्फको खुल्लामा केन्द्रिय सदस्यको उम्मेद्बारी बनाउने सर्बसहमत ले निर्णय गरेको अध्यक्ष बस्नेतले बताए ।
महासंघको ५७ औँ साधारण सभाआमामी चैत्र २८ र २९ गते हुदैछ ।
श्रेष्ठ संघको अध्यक्ष रहँदा जिल्लाले प्राकृतिक बिपद्को सामना गर्नु परेको थियो । बिपद्हरुमा उहाँले सरकारी निकायलाई निजी क्षेत्रको तर्फबाट उल्लेख्य सहयोग गरेका थिए । संघको नेतृत्व कुशलतापूर्वक निर्वाह गर्नु भएका श्रेष्ठ सदैव निर्णयात्मक र समन्वयात्मक भूमिकामा अब्बल मानिन्छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८