स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
परम्परागत आरन प्रविधिलाई विस्थापित गर्दै विश्वकर्मा समुदायलाई सजिलो र सुरक्षीत बनाउन सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले ५३ दलित परिवारलाई आधुनिक आरन औजार वितरण गरेको छ ।
परम्परागत आरन व्यवसायलाई प्रविधिमैत्री बनाउन आरन सुधार कार्यक्रम अन्तर्गत पालिकाले विभिन्न आधुनिक औजार सहयोग गरेको हो। गाउँपालिका भित्र रहेर आरन व्यवसाय गर्दै आएका व्यक्तिलाई यसको सुधार गर्दै प्रविधिमैत्री बनाउन तथा व्यवसाय प्रवर्द्धनका गरि उनीहरूको पेसा थप व्यवस्थित बनाउन आवश्यक औजार सहयोग गरिएको गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए।
पुरानो आरन प्रविधिले काम गर्न गाह्रो हुनुका साथै स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको छ । ‘पुरानै प्रविधिको प्रयोगले व्यवसाय झन्झटिलो हुने भएकोले नयाँ पुस्ताको यस व्यवसायप्रतिकोआकर्षण घट्दै गएको छ ।’ जुगलका अध्यक्ष रेशम स्याङ्बोले भने-‘आरन व्यवसाय संकटमा पर्दै जाँदा यससँग जोडिएका कतिपयको जीविकोपार्जनमा समेत असर परेकाले यो व्यवसायलाई थप व्यवस्थित बनाउन आधुनिक प्रविधि सहयोग गरिएको हो ।’ यसले आरनमै आश्रित परिवारको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने अपेक्षा गाउँपालिकाको छ ।
आरन सुधार कार्यक्रमअन्तर्गत हावा दिने , कटिङ गर्ने , वाईलिङ मेसिन लगायतका सामग्री प्रदान गरिएको छ । आधुनिक औजारले कम श्रममा बढी आम्दानी लिन साथै गुणस्तरीय उत्पादनमा समेत सहयोग पुग्ने विश्वास लिइएको उनले बताए ।
नयाँ प्रविधिको प्रयोग गरि आफ्नो पेशालाई निरन्तरता दिन पाउने भएपछि लाभग्राही समेत खुसी भएका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।