स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बालबालीकाहरुको अभिभावकिय हेरचाह सम्बन्धी त्रिदेशीय अनुभव आदानप्रदानका लागि नेपाल सहित केन्या र डेनमार्कको बालअधिकारकर्मीहरुको समुहले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा भेटघाट तथा छलफल गरेको छ । बालबालीकाहरुको क्षेत्रमा काम गरिरहेका तीन देशका प्रतिनिधि टोलीले १० दिने भ्रमणको क्रममा हेलम्बु गाउँपालिकाको समेत भ्रमण गरेको हो ।
सो छलफलमा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले गाउँपालिकाले बालबालीकाको सर्वोत्तम हितको लागि निर्माण गरेका नितीहरु तथा सम्पादन भएका कार्यहरुको व्याख्या गरेका थिए । गाउँपालिकाले १० वर्षभन्दा कम उमेरका बालबालीकाहरुलाई छात्राबासमा नराख्ने निती लिएको अध्यक्ष शेर्पाले बताए । सन् २०२१ मा आएको मेलम्ची बाढी तथा कोभिड १९ कारण विद्यालयहरु करिब २ बर्ष बन्द हुँदा बालबालीकाको सिकाइ स्तर खस्किएको र यस चुनौतीलाई सम्बोधन गर्न गाउँपालिकाले बालबालीकाको संरक्षण र सहयोगका लागि विशेष ध्यान दिइएको अध्यक्ष शेर्पाले बताए ।
‘नेपाल सरकारले सामुदायिक विद्यालयमा कक्षा ६ सम्म दिवा खाजाको व्यवस्था गरेको छ, तर हामीले त्यसलाई थप गरी कक्षा १२ सम्म निशुल्क खाजा खुवाएका छौं ।’ अध्यक्ष शेर्पाले भने —‘अपाङ्गता भएका बालबालीकालाई घरमै बसेर पढ्न सक्ने गरी सामुदायिक स्रोत कक्षाहरु समेत सञ्चालन गर्ने लक्ष्य हामीले लिएका छौं ।’ गाउँपालिकाले गाउँमै कक्षा ११ देखि विज्ञान, सिभिल इन्जिनियर, होटल म्यानेजमेन्ट जस्ता विषयमा पठनपाठन गर्न पाउने व्यवस्था मिलाउन लागेको र पढ्नकै लागि शहर जानुपर्ने अवस्थाको अन्त्य गराउन लागेको बताए ।
समग्र विद्यालय अवधारणा अनुसार बालबालीकाको सर्वोत्तम हितका लागि शिक्षक, अभिभावक र समुदायलाई सँगसँगै काम गर्न प्रेरीत गरिरहेको र हेलम्बुमा स्थापना भएको नमुना विद्यालयमा नविन प्रविधिबाट वर्तमान सुहाँउदो सामुदायिक आवश्यकताका विषयहरु अध्यापन गराइरहेको छ । बालबालीकालाई स्वास्थ्य र शिक्षा निशुल्क गराउनको लागि डेनमार्कसँग पहिलेजस्तै स्वयम्सेवक शिक्षक अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता महशुस भएको अध्यक्ष शेर्पाले बताए ।
गाउँपालिकाले गर्भवती तथा सुत्केरी महिला लक्षित निशुल्क एम्बुलेन्स सेवा सबै विरामीको लागि उपलब्ध गराइरहेको स्मरण गराउँदै जलवायु परिवर्तनको प्रभाव अध्ययन गरी आगामी आर्थिक वर्षभित्र गाउँपालिकाले सुरक्षा योजना निर्माण गर्ने बताए ।
केन्या एलाइन्स फर एड्भान्समेन्ट अफ चिल्ड्रेनका कार्यकारी निर्देशक टिम एकेसाले जोखीममा रहेका बालबालीकाको विषयमा स्थानिय सरकारले लिएको अपनत्वको खुलेर प्रशसाँ गरिन् भने डेनमार्कका कमिला लेजेन्ड्राले आफ्नो धेरै भ्रमणहरुमध्ये जनताको समग्र आवश्यकतालाई सम्बोधन गर्ने पालिका प्रमुख हेलम्बुमा मात्रै भेटेको बताइन् । यसबाट भ्रमणदलका सबै प्रतिनिधि प्रभावित भएको बताउदै जटिल समस्याहरुलाई पनि सकारात्मक चुनौति दिनु एकदमै उत्कृष्ट कार्य भएको बताइन् ।
नेपालको तर्फबाट जस्ट नेपाल फाउण्डेसनका कार्यकारी निर्दैशक गोपाल लामाले गाउँपालिकाका “समग्र विद्यालय अवधारणाका” १२ जना सहजकर्तासँग गाउँपालिकाको ३४ वटै सामुदायिक विद्यालयको अवस्था जानकारी लिदैं यो एउटा प्रभावकारी शैक्षिक अवधारणा रहेको र यसले जोखिममा रहेका समुदायको शैक्षिक चुनौतीको गहिराइमा पुगेर काम भइरहेको बताए ।
डेनमार्ककी प्रतिनिधि चारलोत लि जेन्सनले समग्र विद्यालय अवधारण चाँही ‘केही गर्ने र छोडेर हिडिहाल्ने’ अवधारणा जस्तो नदेखिएको र समय धेरै खर्च लागेपनि समावेशीता र शैक्षिक क्षेत्रमा गहिरो र दिर्घकालिन परिवर्तन ल्याउने कुरा बताए । राजनैतिक नेतृत्वबाट परिवर्तनको लागि समय लाग्ने यस्ता परियोजनका उपलब्धी स्विकार गर्ने प्रतिवद्धता बिरलै देख्न पाइने बताए ।
भौतिक अपाङ्गता संघ केन्याका प्रतिनिधि बेन्सन किप्टमले अपाङ्गता भएका बालबालिकाहरुलाई सहायता गर्न समुदायमा आधारित पुर्नवासकार्यमा सघाउन स्थानिय कर्मचारीहरुले प्रस्तुत गरेको योजना र बिचारबाट प्रभावित भएको बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।