स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
मङ्गलबार बिहान ९:५२ बजे सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर लिखुपिके गाउँपालिका र दूधकुण्ड नगरपालिकाको सिमानामा पर्ने लामजुराको भकान्जेस्थित च्यानडाँडामा दुर्घटना हुँदा क्याप्टेन चेत गुरुङसहित सवार ५ जना मेक्सिकन नागरिकको मृत्यु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ ।
विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ । अहिले दुर्घटनास्थल नजिकै दुई वटा हेलिकप्टर उद्दारका लागि पुगेका छन् ।
हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मनाङ एयरको हेलिकोप्टर दुर्घटनाका सन्दर्भमा प्रभावकारी उद्धार गर्न निर्देशन दिएका छन् ।
“दुर्घटनामा परी मृत्यु हुनुभएका यात्रुहरूप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शीघ्र र प्रभावकारी उद्धारका लागि नेपाल सरकारका सम्बन्धित संयन्त्रलाई निर्देशित गर्दछु,” उनले भने । त्यसअघि उनले भने, “सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको समाचारले दुखी तुल्याएको छ ।”
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८