स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
देशैभर वडास्तरमा पार्टीको भेला गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टीले शनिबार चौतारा साँगाचोकगढी नगरपालिका ११ को वडा समिति निर्माण गरेको छ । नर्सरीमा भएको वडा भेलाबाट राजन गिरीको नेतृत्वमा ११ सदस्यीय वडा समिति चयन गरेको हो ।
युवा, वयस्क तथा जेष्ठ नागरिक समेतको भेलाले समितिको उपसभापति पदमा ठुलीकान्छी गुरुङ्ग, सचिव पदमा मनिषा सोनाम सहित सदस्यहरुमा हिरा गिरी, सृजन अर्याल, गणेश गिरी, कृष्ण प्रसाद अर्याल, राजाराम गिरी, आषिश अर्याल, नमराज गिरी र बद्रीराज गिरी चयन भएको रास्वपा सिन्धुपाल्चोकका सचिव चक्रपाणी सिग्देलले बताए ।
कार्यक्रममा रास्वपा केन्द्रीय र्याट विभाग सदस्य कुमार श्रेष्ठ, सिन्धुपाल्चोक उपसभापति पासाङ तामाङ, सचिव सिग्देल , कोषाध्यक्ष दिलराम श्रेष्ठ लगाएतले नवनिर्वाचित वडा समितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८