स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
गाउँपालिका वा नगरपालिका बाहेकको तल्लो तहलाई स्वायत्त अधिकार छैन । पालिकास्तरमा सार्वजनिक सरोकारका विषयमा कार्यपालिका बैठकले निर्णय गर्नुपर्छ । गाउँपालिका अध्यक्ष वा नगरपालिका प्रमुखले समेत कार्यपालिका बैठक बाहेक निर्णय गर्न पाइदैन ।
तर सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ७, सिपापोखरेले भने ‘जनयुद्ध दिवस’ को अवसर पारेर फागुन १ गते सार्वजनिक विदा दिएको छ । वडा समितिको बैठकको निर्णय बमोजिम वडाभित्र सार्वजनिक विदा दिइएको वडाध्यक्ष रविन्द्र कुमार खातीले बताए ।
समानुपातिक, समावेशी सिद्धान्त सहितको गणतन्त्रको जग नै जनयुद्ध भएको र जनयुद्ध शुरुआतको महान् दिनलाई बिर्सन नसकिने भएकोले सो दिन सार्वजनिक विदा दिइएको वडाध्यक्ष खातीले बताए । कुनै सरकारले यो दिनलाई महत्त्व दिने र कुनै सरकारले वास्तै नगर्ने परिपाटी रहेकोमा त्यसलाई चिर्दै यस दिनलाई नबिर्साउन आफुले यस्तो प्रयास गरेको वडाध्यक्ष खाती बताउछन् ।
जनयुद्ध र त्यसको महत्व नबुझ्नेले मात्रै यो दिनको विरोध गर्ने उनले खुल्लापानालाई बताए । ‘जनयुद्धको जगमा उठेको गणतन्त्रले अंगिकार गरेको समावेशीता र समानुपातिक सिद्धान्त नै जोखिममा पारीदैं लगिएकोले पनि यस दिनलाई अझ मजबुत बनाउन जरुरी छ ‘ खातीले बताए ।
पालिकाभित्र सार्वजनिक विदा दिने अधिकार कार्यपालिका बाहेक अरुलाई छैन । अध्यक्षले पनि कार्यपालिकाको निर्णय बिना बिदा दिन सक्दैन । गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्दशक राजेन्द्रप्रसाद प्याकुरेलले बताए ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।