स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
१२ पुस, कानपुर ।
भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरका एकजना व्यापारीको घरबाट एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद भएको छ । पर्फ्युमसहितका अत्तर व्यापारी पीयुष जैनको घरबाट सरकारी अधिकारीहरूले एक अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरेका हुन् ।
सेन्ट्रल ब्युरो अफ इण्डाइरेक्ट ट्याक्सेस एण्ड कस्टम (सिबिआईसी) र आयकर विभाग (आईटी) का अधिकारीसमेत एकै घरमा यति धेरै रकम देखेपछि छक्क परेका छन् । बरामद रकम गन्न १३ वटा मेसिनलाई लगातार ३६ घण्टासम्म लागेको थियो । एक वरिष्ठ अधिकारीले आफ्नो जागिर अवधिमा यति धेरै पैसा कहिले नदेखेको बताएका छन् ।
अर्कातिर कानपुरसँगै जोडिएको कन्नौजमा अत्तर कारोबारसँग जोडिएका रानु मिश्रा र विनित मिश्राको घरमा पनि छापा हानिएको थियो । शुक्रबार मध्यरातिसम्म जैनको घरमा नोट गन्ने काम चलेको थियो । बरामद रकमलाई ४२ ठूला बाकसमा हालेर कन्टेनरबाट पुलिस सुरक्षामा पठाइएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८