स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
वैदेशिक रोजगारीका लागि १ बर्ष अगाडि कुबेत पुगेकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ की, गोल्चे, निम्लुङकी चेली बेपत्ता भएकी छिन् ।
घरेलुु कामदारको रुपमा कुवेत पुगेको २ महिनासम्म पैसा समेत पठाइरहेकी २१ वर्षीया सार्कीनी स्याङ्बो एकाकार सम्पर्क विहिन भएकी उनका बाबू पेमा स्याङ्बो लामाले बताए । आज सम्पर्क होला कि, भोलि त फोन आउलाकी भनेर कुर्दाकुर्दै १० महिना वितिसकेको तर पनि छोरी पराइ मुलुकबाट सम्पर्क विहिन भएपछि परिवारको मुटुमा चिसो पसेको छ ।
पासपोर्ट नम्बर( PA0619687) रहेको सार्किनी स्याङ्बो १ बर्ष अगाडि स्थानिय एजेन्ट पान बहादुर लामा मार्फत कुवेत पुगेकी सार्किनि परिवारसँग बेखबर भएपछि परिवारकम सदस्य र आफन्त अत्तालिएका छन् । परिवारले सार्कीनिको खोजि गरिदिन देश तथा विदेशका सम्पुर्ण सरोकारवालालाई अनुनय विनय गरिरहेका छन् ।
स्थानीय एजेन्ट पान बहादुरसँग सामाजिक सञ्जालमा सम्पर्क गर्दा खोजि भईरहेको बताए पनि त्यसले कुनै उपलब्धि हुन सकेको छैन ।
जुगल २ का वडाध्यक्ष चन्द्रकाजी लामाले कुवेसस्थित नेपाली राजदूतावास खोजीको लागि सिफारिस अनुरोध समेत गरेका छन् ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८