स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
कफि उत्पादन तथा वितरणमा अब्बल सिन्धुपाल्चोकको पाखरदोभान कफि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाइ विभिन्न किसिमका कृषिसामग्री वितरण गरेको छ ।
कृषकहरुलाइ आधुनिक कृषिप्रविधिसँग जोड्दै गुणस्तरीय कफि उत्पादनमा वृद्धि गराउन सहकारीले आइतबार ती सामग्री वितरण गरेको हो । सहकारीले किसानहरुलाइ ५० प्रतिशत अनुदानमा ३५ थान मिनिटिलर, सिंचाइका लागि ७ थान पानीट्याङ्की,५० थान ब्याट्री स्पेयर तथा १ सय ८० थान कैँची तथा करौंती वितरण गरिएको सहकारीका अध्यक्ष भुपेन्द्र भण्डारीले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , सिन्धुपाल्चोकको सहकार्यमा कृषि ज्ञान केन्द्र, काभ्रेको सहयोगमा ती सामग्री वितरण गरिएको अध्यक्ष भण्डारीले बताए ।
सुनकोसी गाउँपालिका कफि उत्पादनका लागि प्रख्यात छ । यहाँको कफि प्रशोधन गरि ब्राण्डिङ गरेर सिन्धु अर्गानिक कफीको रुपमा जापान, दक्षिण कोरिया , अमेरीका तथा अस्ट्रेलिया निर्यात हुनेगरेको छ । पालिकाको भुगोल अनुसार कतैपनि जमिन बाँझो नराख्ने गरि निति बनाउन लागिएको सुनकोसी गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमल्सिनाले बताए । कृषि सामग्री वितरण गर्दै अध्यक्ष तिमिल्सिनाले जुन माटोमा जे उत्पादन हुन्छ, त्यसको लागि सहयोग गर्दैन उत्पादन बढाउने आफुहरुको योजना रहेको बताए ।
सुनकोसी गाउँपालिकाबाट मात्रै गत एक वर्षमा ४० टन कफिको चेरी निर्यात गरिएको जिल्ला कफि सहकारी संघकी अध्यक्ष मन्दु थापाले बताइन् । गाउँपालिकाको ३ सय रोपनी जग्गामा कफि खेति गरेर ४ सय ५० परिवार यसमै आश्रीत भइ आम्दानी गरिरहेका छन् । किसानका उत्पादन गाउँपालिकामन रहेका २ वटा कफि सहकारी मार्फत संकलन गरि प्रशोधन पश्चात् ब्राण्डीङ गरेर विदेश निर्यात गरिदैं आएको छ ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।