स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाले संभाव्य सबै उपाय अवलम्वन गरी किसानलाई तुरुन्तै रासायनिक मलको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका छन् ।
आजको प्रतिनिधि सभा बैठकमा बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्दै सभामुख सापकोटाले सरकारलाई सो निर्देशन दिएका हुन् ।
बैठकमा ४८ जना प्रतिनिधि सभा सदस्यहरूले राखेको विचार र कृषि तथा पशुपन्क्षी विकास मन्त्रिले दिएको जवाफ समेतका पृष्ठभूमिमा यस विषयमा समान किसिमको धारणा आएकोले देहाय बमोजिमको विषेश प्रस्ताव सभाको सहमतीको लागि सभामुख सापकोटाले प्रस्तुत गरेका थिए ।
‘रासायनिक मल कृषि उत्पादन बृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीकोरुपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलव्ध नभएको विषयमा यस सदनको गम्भिर ध्यानाकर्षण भएको छ । कुल ग्राहास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिदै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गरी कार्य सम्पादन गर्न प्रतिनिधि सभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ ।’
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८