स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
बजारमा ४० देखि ५० हजार रुपैयाँसम्म तिर्नुपर्ने किसानले खेतबारी जोत्न प्रयोग गर्ने ट्याक्टर (मिनीटिलर) सबैभन्दा सस्तो मुल्य मा पाएपछि सुनकोसी गाउँपालिकाका किसान हर्षीत भएका छन् ।यान्त्रीकरणको माध्यमबाट कृषिमा सुधार ल्याउने उद्देश्यले सुनकोशी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा १४ हजार ४ सय रुपैयाँमा २ सय १० जना कृषकहरूलाई मिनीटिलर (हाते ट्याक्टर) उपलब्ध गराएको हो ।
गाउँपालिकाले इ–बिडीङ मार्फत टेन्डर आह्वान गरि सबैभन्दा कम रकम २८ हजार ८ सय रुपैयाँमा मिनी टेलर उपलब्ध गराउने स्मार्ट एग्रो सेलुसन प्रालि लाई मिनी टेलर उपलब्ध गराउन दिने गाउँपालिकाले निर्णय गरेको गाउँपालिकाका अध्यक्ष टपिन्द्र तिमिल्सिनाले जानकारी दिए ।
गाउँपालिकामा मिनी टेलर लिनका लागि आएका कृषकहरू सस्तो मुल्यमा मिनीटिलर पाएपछि खुसी भएका थिए ।
बजारमा न्यूनतम ४० देखि ५० हजार सम्म पाउने ७ हर्ष पावरको मिनीटिलर गाउँपालिकासँगको सहकार्यमा १४ हजार २ सयमा नै पाउँदा आफूलाई खुसी लागेको सुनकोशी–१ का कृषक प्रेमप्रसाद न्यौपानेले बताए । गत बर्ष यहि क्षमताको मिनीटिलरको मुल्य चौतारा साँगाचोकगढी नगरपालिकामा ५० हजार रुपैयाँ थियो । जिल्लाका १२ स्थानीय तह मध्ये ठुलो परिणाम र सस्तोमा मिनी टेलर उपलब्ध गराउने सुनकोशी गाउँपालिका मात्रै हो ।
यो वर्ष गाउँपालिकाले पहिलो प्राथमिकतामा समूहहरूको लागि मात्रै मिनी टेलर उपलब्ध गराउने भने पनि समूह बाहिरबाट पनि मिनी टेलरको माग आएकाले आवेदन दिने सबैलाई मिनी टेलर उपलब्ध गराइएको सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताए ।
आउने वर्ष गाउँपालिकाले आवश्यकताको आधारमा सबैलाई मिनी टेलर उपलब्ध गराउने र त्यसको संरक्षण गरेर कृषिमा सुधार ल्याउनका लागि गाउँपालिका अध्यक्ष तिमिल्सिनाले आग्रह गरे ।
सिन्धुपाल्चोक, नेपाल
समाचार सम्पर्क ९८५११५३५४५
विज्ञापनको लागि ९८४१९८९९४१
सूचना विभाग दर्ता नम्बर: २४४३/०७७-७८
स्रोतहरू खुलाइएका बाहेक खुल्ला पाना डट कम द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू खुल्ला पाना डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।